नेपाल भएर भारतमा अनुप्रवेश गर्ने चेष्टा, दुई बंगलादेशी नागरिकलाई समातियो
नेपाल भएर भारतमा अनुप्रवेश गर्ने चेष्टा, दुई बंगलादेशी नागरिकलाई समातियो


सिलगढ़ी, 3 अगस्त (हि.स)। सशस्त्र सीमा बल (एसएसबी)-को 41औं वाहिनी, ‘सी’ कम्पनी पानीट्यांकीको बोर्डर इन्टऱ्याक्शन टीमले सतर्कता देखाउँदै दुई जना बंगलादेशी नागरिकहरूलाई त्यसबेला समात्यो जतिबेला तिनीहरू नेपालदेखि भारतमा अवैध रूपमा प्रवेश गरिरहेका थिए। यी आरोपीहरूको पहिचान बंगलादेश निवासी मो. नूर हुसैन खोंडोकर र मो. उमर फारूक अरमानको रूपमा भएको छ। एसएसबीले गए शनिवार प्रेस विज्ञप्ति जारी गरी यस आशयको जानकारी गराएको छ।

एसएसबी अनुसार दुवैलाई सीमाबाट छिरेर अवैध रूपमा भारतमा प्रवेश गर्दै गर्दा पक्राउ गरिएको हो। दुवैलाई हिरासतमा लिएर जाँचबुझ गरियो जसमा बंगलादेशी पहिचान स्पष्ट भएपछि आरोपीहरूलाई खोरीबाड़ी पुलिसमा सुम्पिइयो। पुलिस सूत्रानुसार पक्रा पर्ने आरोपीहरूले दलालको चंगुलमा परेर आफ्नो पासपोर्ट गुमाएका थिए। यी दुई भेट भएपछि अवैध रूपमा भारतमा प्रवेश गर्ने योजना बनाए। भारतमा प्रवेश गर्दै गर्दा एसएसबीले यिनीहरूलाई समात्यो। आरोपीहरू विरूद्ध अग्रिम कारबाही शुरू गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande