उदालगुरी (असम), 03 अगस्त (हि.स.)। उदालगुरी जिल्लाको माजबाटमा आइतवार भोर बिहान असम-अरूणाचल सीमावर्ती शिकारीदांगा 2 नम्बर बगोरीबारीमा जंगली हात्तीको हमलामा लावण्या बोड़ो (42) नामक महिलाको मृत्यु भयो भने अन्य चार जना मानिसहरू गम्भीर रूपमा घाइते भएका छन्।
घाइतेहरूको पहिचान रविलाल हेमब्रम (51), मारियम सुरेन (45), पलटन हेमब्रम (12), लक्ष्मी हेमब्रम (10)- को रूपमा भएको छ। यस अवधि आफ्नो चार महिनाको नानी सहित छोरालाई बोकेर एक जना महिला हात्तीको टांग मुनिबाट छिरेर आफ्नो ज्यान बचाउन सफल भई।
उल्लेखनीय छ, अरुणाचल प्रदेशबाट भोजनको खोजीमा आएका हात्तीहरूको बथानले केही दिनदेखिको यस क्षेत्रमा आतंक नै मच्चाइरहेको छ। आइतवार भोर बिहान साढ़े दुई बजी यी हात्तीहरूले तीन वटा घरलाई ठूलो क्षति पुऱ्याएपछि लावण्या बोड़ोको घरमा पुगेर हमला गरे। हात्तीले लावण्यालाई खुट्टाले कुल्चियो भने अर्को कोठामा रहेकी तिनकी बुहारी आफ्नो चार महिने स्तान र छोरालाई लिएर हात्तीको टांग मुनिबाट छिरेर आफ्नो ज्यान बचाउन सफल भइन्।
घटना घटेको तत्कालैपछि घरमा वन विभागका कर्मचारीहरू उपस्थित भए। वन विभागले लालपानी पुलिसको सहयोगमा शवलाई परीक्षणको लागि उदालगुरी असामरिक अस्पतालमा पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा