गान्तोक, 03 अगस्त (हि.स.)। म्याराथन म्यान अफ् सिक्किम अमर सुब्बाले उत्तराखण्डमा गुन्जीदेखि आदि कैलाश र पार्वती कुण्डसम्म 40 किलोमिटर मार्गको ट्रायल रन पूरा गरेका छन्। आगामी अक्टोबर महिनामा आयोजना हुने 'आदि कैलाश हाई अल्टिट्यूड म्याराथन' को लागि उक्त मार्गको मानचित्रणको लागि धावक सुब्बालाई उत्तराखण्ड सरकारले आमन्त्रित गरेको थियो।
धावक अमर सुब्बा अनुसार, उत्तराखण्डको गुन्जी 10,500 फिटको उचाईमा तथा आदि कैलाश र पार्वती कुण्ड 17,513 फिटको उचाईमा अवस्थित छ। यहॉं आगामी अक्टोबर महिनामा आयोजना हुने 'आदि कैलाश हाई अल्टिट्यूड म्याराथन' को ट्रायल रनको एक भागको रूपमा 40 किलोमिटर मार्गको मानचित्रण पूरा गरेका छन्।
धावक सुब्बाले यस पहलमा आफ्नो विशेषज्ञताको लागि विशेष निमन्त्रणा पठाएकोमा उत्तराखण्ड सरकारलाई धन्यवाद दिएका छन्। स्मरण रहोस्, अमर सुब्बाले गत 29 मई, 2025 मा आयोजित विश्वकै सर्वोच्च एभरेस्ट म्याराथनमा दोस्रो स्थान हासिल गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल