खरसाङ निवासी अनन्त शर्माले मिजोरम युनिभर्सिटीमा गोल्ड मेडल प्राप्त गरे
खरसाङ निवासी अनन्त शर्माले मिजोरम युनिभर्सिटीमा गोल्ड मेडल प्राप्त गरे


खरसाङ, 03 अगस्त (हि.स.)। खरसाङ निवासी अनन्त शर्माले मिजोरम युनिभर्सिटीबाट भौतिक विज्ञानमा एमएससीमा गोल्ड मेडल प्राप्त गरेका छन्। उनी खरसाङको डाउहिल रोडस्थित गुरुकुल आश्रम (खरसाङ कलेज नजिक) निवासी पिता बिक्रम शर्मा दाहाल र माता नेत्रा शर्मा दाहालको सुपुत्र हुन्।

उनले भौतिक विज्ञानमा एमएससीमा 84.93 प्रतिशत अङ्क ल्याएर युनिभर्सिटी टप गर्दै गोल्ड मेडल जित्न सफल बनेका छन्। आनन्द शर्माले दशौं श्रेणीसम्मको पढाई खरसाङको सन्त अल्फन्सेस विद्यालयबाट गरेका हुन् भने एघारौँ र बाह्रौं श्रेणीसम्मको पढाई खरसाङको‌ पुष्परानी उच्चत्तर माध्यमिक विद्यालयबाट गरेका हुन्।

उनले विज्ञान विषयमा स्नातक तहसम्मको अध्ययन दार्जिलिङको सन्त जोसेफ कलेजमा गरेका थिए।‌ खरसाङ निवासी आनन्द शर्माले यस उपलब्धिले खरसाङ लगायत सम्पूर्ण पहाडलाई नै गौरवान्वित तुल्याएका छन् सबैले उनलाई बधाई टक्र्याएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande