स्व. बद्रीविशाल नागौरीको स्मृतिमा व्याख्यान मालाको आयाेजन
स्व. बद्रीविशाल नागौरीको स्मृतिमा व्याख्यान मालाको आयाेजन


कोलकाता, 3 अगस्त (हि.स.)। समाजसेवी स्व. बद्रीविशाल नागौरीको स्मृतिमा रामगोपाल सोहिनी देवी नागोरी च्यारिटेबल ट्रस्ट, श्री डीडवाना नागरिक सभा एवं कोलकाता प्रादेशिक माहेश्वरी सभाको संयुक्त तत्वावधानमा प्रतिवर्ष आयोजना हुँदै आएको व्याख्यान मालाको श्रृंखलामा यसपालि गीता मर्मज्ञ स्वामी गोविन्ददेव गिरिजी महाराजका शिष्य हरीश तिवाड़ीद्वारा श्रीमद्भगवतगीतामाथि आधारित व्याख्यान सम्पन्न भयो।

भारतीय भाषा परिषद सभागारमा आयोजित कार्यक्रममा हरिश तिवाड़ीले ‘श्रीमद्भगवतगीतामा पुरुषोत्तम योग'-माथि प्रकाश पार्दै भने, यस अध्यायमा भगवानले अर्जुनलाई जीव, जगत र परमात्माको स्वरूपको ज्ञान दिँदै भने, जुन क्षर र अक्षर दुवैभन्दा माथि छन् ती परमात्मा ब्रह्म नै पुरूषोत्तम हुन् जसको स्वरूपलाई जाने र बुझेपछि मनुष्यले उसैको धामलाई प्राप्त गर्दछन् अनि जन्म-मृत्युको चक्रदेखि मुक्त हुन्छन्।

यस अवसरमा चिकित्सा क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत सुप्रसिद्ध बाल रोग विशेषज्ञ डा. नन्दकिशोर तापड़ियालाई सम्मानित गरियो। हिन्दुस्तान क्लबका सचिव सीए चन्द्रशेखर सारड़ाले कार्यक्रमको अध्यक्षता गर्दै आफ्नो कुराहरू राखे। डा. नन्द किशोर तापड़ियाले पनि आफ्नो विचार राखे। डा. श्रीबल्लभ नागोरीले व्यासपीठमा बसेका हरिश तिवाड़ीलाई माल्यार्पण एवं अंगवस्त्रले स्वागत गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande