नयाँ दिल्ली, 03 अगस्त (हि.स.)। भारतलाई तकनीकी क्षेत्रमा अगाड़ी बढ़ाउन भारत संचार निगम लिमिटेड (बीएसएनएल) र नुमालीगढ़ रिफाइनरी लिमिटेड (एनआरएल) ले समझौता गरेको छ। यो समझौता गुवाहाटीमा आयोजित उद्योग 4.0 कार्यशालामा गरियो, जसलाई वित्त मन्त्रालय अन्तर्गत लोक उद्यम विभागले आयोजित गऱ्यो।
यस समझौता अन्तर्गत एनआरएलको रिफाइनरीमा देशको पहिलो 5जी निजी औद्योगिक नेटवर्क स्थापित गरिनेछ। यो नेटवर्क केवल त्यस रिफाइनरीको कामकाजको निम्ति हुनेछ र यसबाट मशीनहरू, उपकरणहरू र कर्मचारीहरूलाई तीव्र, सुरक्षित र तुरन्तै जोड्ने सुविधा मिल्नेछ।
कार्यशालामा लोक उद्यम विभागका सचिव, बीएसएनएल र एनआरएलका अध्यक्ष एवं प्रबन्ध निदेशक, एमट्रोनका प्रबन्ध निदेशक र अन्य सरकारी कम्पनीहरूका वरिष्ठ अधिकारी उपस्थित थिए। उनीहरूले आधुनिक तकनीकहरू जस्तै पाँचौं पीढ़ीको दूरसंचार प्रणाली (5जी), कृत्रिम बुद्धिमत्ता (एआई), वस्तुहरूको अन्तरजाल प्रणाली (आईओटी), आभासी र ठूला आंकड़ाहरूको विश्लेषणमाथि छलफल गरे।
लोक उद्यम विभागका सचिवले यस प्रयासलाई सरकारको समग्र दृष्टिकोणको राम्रो उदाहरण बताए औं भने, यसबाट देशका उद्योगहरूलाई आधुनिक बनाउन सकियोस् र विशेषगरी पूर्वोत्तर क्षेत्रमा रोजगारको अवसर पनि बढ्नेछ।
एनआरएलका अध्यक्षले भने, 5जी नेटवर्कबाट रिफाइनरीमा कामकाजको गति र सुरक्षा दुवै बढ्नेछ। साथै यसबाट कर्मचारीहरूलाई आभासी प्रशिक्षण, डिजिटल नियन्त्रण र तुरन्त जानकारी भएका तकनीकहरूको लाभ मिल्नेछ।
बीएसएनएलका अध्यक्ष ए रबर्ट जे रविले भने, यो सहयोग भारतको महत्वपूर्ण क्षेत्रहरूलाई भविष्यको तकनीकसित जोड्ने दिशामा एक ठूलो कदम हो।
बीएसएनएलका उद्यम व्यापार निदेशकले भने, यो समझौताले भारतको औद्योगिक क्षेत्रमा एक नयाँ अध्याय शुरू गर्नेछ र डिजिटल भारत तथा आत्मनिर्भर भारतको लक्ष्यलाई बल दिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी