बलौदाबजार, 03 अगस्त (हि.स.)। छत्तीसगढ़को बलौदाबजार जिल्लाको मड़कड़ा र झबड़ी गाउँलेहरूबीच शनिवार अबेर राति जमेर कुटपिट भयो, जसमा झबड़ी गाउँ निवासी त्रिलोकचन्द कौशिक उर्फ नानू (24) को घटनास्थमै मृत्यु भयो भने मेमचन्द कौशिक (27) गम्भीर रूपमा घाइते भएको छ। त्रिलोकचन्दको मृत्युपछि अबेर राति कसडोल थाना क्षेत्रको पुलिस जब आरोपीहरूलाई पक्राउ गर्न मडकड़ा गाउँ पुग्यो तब गाउँलेहरूले ढुंगामुड़ा गरे।
पुलिसबाट प्राप्त जानकारी अनुसार, कसडोल थानाको झबड़ी र मडकड़ा गाउँका दुई गुटमा केही दिन अगाड़ी आपसी कुटपीटको घटना भएको तियो, यसको शिकायत कसडोल थानामा दर्ता गराइएको थियो। यसपछि मामिला शान्तपनि भएको थिएन कि शनिवार आरोपी अजय र लकीले झबड़ी निवासी नानू र उसको साथी मेमचन्दमाथि सड़कमा गइरहेको बेला हमला गरे। प्रत्यक्षदर्शीहरू अनुसार, दुवै आरोपीले लौरोले नानूमाथि अन्धाधुन्ध हमला गरे। उसको साथी मेमचन्दलाई पनि कुटियो। प्रारम्भिक जाँचमा त्रिलोकचन्द र मेमचन्दमा हमला गरिएको पाइयो। हमलामा त्रिलोकचन्दको घटनास्थलमै मृत्यु भयो।
एएसपी अभिषेक सिंहले बताए, लकी र अजयले पुरानो शत्रुताको कारण घटनालाई परिणाम दिए। सोधपुछमा आरोपीहरूले आफ्नो अपराध स्वीकार गरेका छन्। पुलिसले अहिलेसम्म पाँच आरोपीलाई पक्राउ गरेको छ। पुलिसले दुवै पक्ष विरूद्ध गम्भीर धाराहरूमा मामिला दर्ता गरेको छ। पूरा मामिलाको जाँच भइरहेको छ र क्षेत्रमा शान्ति बनाइ राख्न पुलिस बललाई तैनाथ गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी