केदारनाथमा परिवारसित बिछड़िएको बालकलाई पितासित भेट गराइयो
केदारनाथमा परिवारसित बिछड़िएको बालकलाई पितासित भेट गराइयो


रुद्रप्रयाग, 3 अगस्त (हि.स.)। बितेको शनिवार साँझ पुलिस चौकी केदारनाथमा एक जना नेपाली भरियाले आफूसित लगभग 8 वर्षीय एक जना बालकलाई लिएर आए। उसले बतायो, उत्तर प्रदेशका 18 यात्रीहरूको ग्रुप जो गौरीकुण्डदेखि केदारनाथतर्फ पैदल यात्रा गरिरहेका थिए, अगाड़ि-पछाड़ि भएका छन् र उनीहरूसित सम्पर्क हुन नसकेको कारण बालकलाई पुलिसकहाँ जिम्मा लगाइयो।

केदारनाथ पुलिसद्वारा बालकलाई हिटरको तातोमा राखेर भोजन एवं न्यानो कम्बल ओड़ाएर बसाइयो। साथै उसको परिवारलाई खोजेर निकाल्यो। परिवारसित भेट भएपछि बालक एकांशलाई उसको पिताकहाँ जिम्मा लगाइयो। यसको निम्ति परिवारको तर्फबाट केदारनाथ पुलिसप्रति आभार प्रकट गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande