द्वारे सरकारको क्याम्पसितै 'हाम्रो गाउँ हाम्रो समाधान' कार्यक्रम, हरेक बुथलाई 10 लाख
द्वारे सरकारको क्याम्पसितै 'हाम्रो गाउँ हाम्रो समाधान' कार्यक्रम


खरसाङ, 03 अगस्त (हि.स.)। खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको तीनवटा बुथलाई लिएर आज द्वारे सरकारको क्याम्पसितै पश्चिम बंगाल सरकारको 'हाम्रो गाउँ हाम्रो समाधान' नयाँ कार्यक्रमको पनि आयोजना गरियो।‌ महानदी ग्राम पञ्चायतको सिविटार चियाबारीको दुईवटा बुथ र गिताङ्गे चियाबारीको एउटा गरी जम्मा तीनवटा बुथहरुलाई लिएर द्वारे सरकारको क्याम्पसितै 'हाम्रो गाउँ, हाम्रो समाधान' अन्तर्गत तीनवटा बुथहरुमा पर्ने विभिन्न गाउँहरुका मानिसहरुलाई लिएर सभा पनि गरिएको छ।‌ यी तीनवटा बुथहरुमा 260, 261 र 262 रहेका छन्।

यस अवसरमा तीनैवटा बुथहरुका स्थानीय जनसाधारणको बुनियादी समस्याहरु विषयमा जानकारी लिएर समाधान गर्न कोशिश गरिएको र तीनवटै बुथका‌ विभिन्न गाउँहरुमा भएका समस्याहरुलाई लिएर कार्य गरिने जानकारी प्राप्त भएको छ।‌ यस 'हाम्रो गाउँ हाम्रो समाधान' अन्तर्गत आयोजित सभामा दार्जिलिङबाट एडिशनल मजिस्ट्रेट, भूमि एवं भूमि सुधार रामकुमार तामाङ, खरसाङ पञ्चायत समितिका सभापति अनु छेत्री प्रधान, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, महानदी ग्राम पञ्चायतको सम्पूर्ण टिम उपस्थित रहेको जानकारी प्राप्त भएको छ।

यस 'हाम्रो गाउँ हाम्रो समाधान' अन्तर्गत एउटा बुथलाई विकासको लागि सरकारको तर्फबाट 10 लाख रुपियाँ प्रदान गरिने जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा जनताको हरेक समस्याहरु समाधानको लागि साथै हरेक गाउँमा विकास पुऱ्याउन हाम्रो गाउँ हाम्रो समाधान' कार्यक्रम शुरु गरिएको बताए। उनले यस अन्तर्गत खरसाङ खण्डको पहिलो कार्यक्रम महानदी ग्राम पञ्चायतको तीनवटा बुथहरुलाई लिएर आयोजना गरिएको जानकारी गराए।

उनले यो कार्यक्रम अन्तर्गत स्थानीय गाउँलेहरुले आफ्नो गाउँका समस्याहरु बताउन सक्ने र यसको लागि तत्कालै राशि आवण्टन भएर विकासको निम्ति प्रदान गरिने भएको बताए। त्यसरी नै खरसाङ पञ्चायत समितिका सभापति अनु छेत्री प्रधानले पनि हाम्रो गाउँ हाम्रो समाधान' विषयमा विस्तृत रुपमा जानकारी गराएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande