पटना, 03 अगस्त (हि.स.)। बिहारमा गत केही दिनदेखि लगातार भारी वर्षा र नेपालबाट छोड़िएको पानीले उत्तर बिहारको अधिकांश नदीहरूको जलस्तर लगातार बढ़िरहेको छ। खासगरी गंगा, कोसी, पुनपुन, गन्डक, बूढ़ी गन्डक, कमला बलान, महानन्दा र घाघरा नदीहरूको जलस्तर बढ़ेको छ। राज्यका धेरै जिल्लाहरू बाढ़ीले प्रभावित छन्। जल संसाधान विभागले अलर्ट जारी गरेको छ।
गंगा नदीको जलस्तर पटना, भागलपुर र कहलगाउँमा खतराको निशानदेखि माथि पुगेको छ। गान्धी घाट (पटना) मा गंगाको जलस्तर खतराको निशानभन्दा 20 सेमी माथि दर्ता गरियो, जबकि हाथीदहमा 1 सेमी, भागलपुरमा 10 सेमी र कहलगाउँमा 13 सेमी माथि गयो। बक्सरमा आगामी 24 घण्टामा गंगाको जलस्तर खतराको निशानदेखि माथि जाने आशंका छ। अहिले खतराको निशानभन्दा केवल एक फीट तल छ।
कोसी नदी, जसलाई 'बिहारको शोक' पनि भनिन्छ, अब एक पल्ट फेरि आफ्नो त्यही रौद्र रूपमा फर्केको छ। खगड़ियाम यस नदीको जलस्तर खतराको निशानभन्दा माथि छ। छिट्टै नै डुमरी, बलतारा, सहरसा, सुपौल र कुरसेलामा पनि यस नदीको जलस्तर खतराको निशानलाई नाघ्नसक्छ।
पुनपुन नदीको जलस्तर पटनामा खतराको निशानदेखि माथि पुगेको छ। यसका साथै गन्डक, बूढ़ी गन्डक, कमला बलान, भूतही बलान, सोन, महानन्दा र घाघरा जस्ता नदीहरूको जलस्तरमा 10 देखि 48 सेमीसम्मको वृद्धि हुने अनुमान छ।
जमुई जिल्लाको झाझा प्रखण्ड स्थित बरमसिया पुलको एक हिस्सा अचानक धसियो, जसबाट झाझा नगर र सोनो प्रखण्डका दर्जनौं गाउँहरूको सम्बन्ध विच्छेद भयो। यो पुल उलाय नदीमाथि बनेको थियो।
यही प्रखण्डको बाराकोला पञ्चायत अन्तर्गत पचकठिया गाउँमा शनिवार भारी वर्षाको कारण एक कच्चा घऱ ढल्यो। 49 वर्षीय मोहन खैरा अवशेषमा दबिए औं घटनास्थलमै उनको मृत्यु भयो। प्रशासनद्वारा शवलाई पोस्टमार्टमको निम्ति पठाइय़ो र परिवारलाई सहायता दिने प्रक्रिया जारी छ।
अर्कोतिर, हवेली खड़गपुर-तारापुर मार्ग एक पल्ट फेरि ठप्प भयो। डंगरी नदीमा बनेको अस्थायी डायवर्जन पानीको साथ बग्यो। टेटियाबम्बर प्रखण्डको सम्पर्क टूटिसकेको छ। गत महिना पनि यो डायवर्जन दुई पल्ट बगिसकेको छ, जसबाट हजारौं यात्रीहरूलाई भारी समस्या भएको थियो।
बिहार भएर बग्ने उक्त तमाम नदीहरूको बढ्दो जलस्तरलाई मध्यनजर राखेर जल संसाधन विभागले अलर्ट जारी गरेको छ। विभागीय अभियन्ताहरूलाई सबै तटबन्धहरूको चौबीस घण्टा र सातै दिन (24x7) निगरानी गर्ने निर्देश दिइएको छ। राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) र राज्य आपदा प्रतिक्रिया बल (एसडीआरएफ) का टीमहरूलाई धेरै संवेदनशील जिल्लाहरूमा तैनाथ गरिँदैछ। प्रशासनको तर्फबाट धेरै तटयी गाउँहरूका मानिसहरूलाई सुरक्षित ठाउँहरूमा जाने सुझाउ दिइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी