नयॉं दिल्ली, 03 अगस्त (हि.स.)। भारतीय सिनेमा जगतमा अमेट छाप छोड्ने व्यक्तित्व किशोर कुमारको जन्म 04 अगस्त, 1929 मा मध्य प्रदेशको खंडवामा भएको थियो। किशोर दा केवल लोकप्रिय दायक थिएनन्, उनी एक उत्कृष्ट अभिनेता, निर्देशक, निर्माता र गीतकार पनि थिए।
उनको आवाजमा जादू थियो, जसले हरेक उमेर, पीढीलाई बॉंधेर राख्न सक्छ। उनले रोमाण्टिक, हांस्य, पीडा लगायत जोशीला गीतहरूलाई आफ्नो अद्वितीय शैलीले अमर बनाए।
सन् 1958 मा आएको फिल्म 'चलती का नाम गाड़ी' लाई देशमा पहिलो पूर्ण हास्य फिल्म मानिन्छ। यस फिल्ममा किशोर कुमारले आफ्ना भाईहरू अशोक कुमार र अनूप कुमारसॅंग अभिनय गरेका छन्। यो फिल्म आज पनि भारतीय कमेडी सिनेमाको उदाहरण बनेको छ।
किशोर कुमारले पारम्परिक गायकीबाट हटेर आफ्नो आवाजमा विभिन्न प्रयोग गरे, कहिले सीटी बजाए, कहिले हॉंसो हाले, कहिले अचम्भको ध्वनि बनाए, यही कुराले उनलाई अन्य गायकहरूभन्दा फरक बनाउँछ। उनले राजेश खन्ना, अमिताभ बच्चन, देव आनन्द जस्ता दिग्गज अभिनेताहरूको आवाज बनेर उनीहरूलाई सुपरस्टार बनाउने महत्वपूर्ण भूमिका निभाए।
04 अगस्तमा घटेका अन्य प्रमुख घटनाहरू:
1870 - ब्रिटिश रेड क्रस सोसाइटीको स्थापना।
1886 - कोलम्बियाले आजकै दिन देशको संविधान पारित गरेको थियो।
1914 - प्रथम विश्वयुद्ध अवधि जर्मनीले बेल्जियम विरुद्ध युद्धको घोषणा गऱ्यो र ब्रिटेनले जर्मनी विरुद्ध।
1915 - प्रथम विश्वयुद्ध अवधि जर्मन सेनाले वारसामाथि कब्जा गऱ्यो।
1930 - यूरोपको देश बेल्जियममा साना बच्चाहरूको मजदूरीको लागि कानून बनाइयो।
1947 - जापानमा सुप्रीम कोर्टको स्थापना।
1956 - भारतको पहिलो परमाणु अनुसंधान रिएक्टर अप्सरा शुरू भयो।
1967 - अमेरिकाले नेवादामा परमाणु परीक्षण गऱ्यो।
1967 - नागार्जुन सागर बॉंध, जुन त्यस समयको विश्वकै सबैभन्दा लामो चिनाई बॉंध थियो, को निर्माण पूरा भयो।
1984 - अपर वोल्टा गणराज्यको नाम परिवर्तन गरेर बुर्किना फासो राखियो।
1995 - क्रोएशियामा अपरेशन तूफान शुरू गरियो।
1997 - मो. खातमीद्वारा ईरानको नयॉं राष्ट्रपतिको रूपमा शपथ ग्रहण।
2004 - 'नासा' ले एल्टिक्स सुपर कम्प्यूटर केसीलाई कल्पना चावला नाम दियो।
2007 - मंगल ग्रहको खोजको लागि फीनिक्स मार्स ल्याण्डर नामक एउटा अमेरिकी अन्तरिक्ष यानको प्रक्षेपण गरियो।
2008 - भारतीय जहाजरानी निगम (एससीआई) लाई नवरत्नको मान्यता दिइयो।
जन्मः1522 - राणा उदय सिंह- मेवाड़का शासक र महाराणा प्रतापका पिता।
1730- सदाशिवराव भाऊ- प्रसिद्ध मराठा वीर।
1845- फिरोजशाह मेहता- भारतीय राजनेता तथा बम्बई नगरपालिकाको संविधान (चार्टर) का निर्माता।
1906- यशवन्त सिंह परमार- भारतको राजनेता र स्वतन्त्रता-संग्राम सेनानी।
1924- इन्दु प्रकाश पाण्डेय- साहित्यकार।
1929- किशोर कुमार- भारतीय गायक र अभिनेता।
1931- नरेन तमहाने- पूर्व भारतीय क्रिकेटर।
1950- एन. रंगास्वामी- तीनपल्ट पुदुचेरीका मुख्यमन्त्री।
1961- बराक ओबामा- अमेरिकाका प्रथम अश्वेत एवं 44औं राष्ट्रपति।
1971- महेन्द्र भट्ट- भारतीय जनता पार्टीका राजनीतिज्ञ।
निधनः1875- ह्यान्स क्रिश्चियन एण्डरसन - डेनमार्कका लेखक र कवि।
1937- काशी प्रसाद जायसवाल- भारतका प्रसिद्ध इतिहासकार एवं पुरातत्त्वको अन्तरराष्ट्रीय ख्याति प्राप्त विद्वान।
1981- परशुराम मिश्रा - भारतको प्रसिद्ध वनस्पतिशास्त्री र शिक्षाविद।
2006- नन्दिनी सत्पथी - उड़ीसाकी महिला मुख्यमन्त्री तथा लेखिका।
2020- इब्राहिम अल्काजी - भारतीय रंगमंचका प्रसिद्ध निदेशक र नेशनल स्कूल अफ् ड्रामाका पूर्व निदेशक।
हिन्दुस्थान समाचार / भवानी थामी