महानदी हाई स्कूलमा च्याऊ खेती विषयमा प्रशिक्षण
महानदी हाई स्कूलमा च्याऊ खेती विषयमा प्रशिक्षण


खरसाङ, 03 अगस्त (हि.स.)। महानदी हाई स्कूलमा विद्यार्थीहरुलाई च्याऊ खेती विषयमा आज प्रशिक्षण शिविरको आयोजना गरियो। उक्त च्याऊ खेतीको प्रशिक्षण शिविरको आयोजना शान्ति संघ घुम्ती चियाबारीको आयोजनामा गरियो। शिविरमा महानदी हाई स्कूलका प्रधान अध्यापक महेन्द्र छेत्री र आदर्श श्रमिक कल्याण भवन सञ्चालन समितिका सभापति एसबी तामाङ विशेष रूपमा उपस्थित थिए।

यस च्याऊ खेतीमाथि प्रशिक्षण दिनलाई अम्बटेबाट मुख्य प्रशिक्षक जयकुमार थापा र सहायक प्रशिक्षक प्रणाम प्रधान उपस्थित रहेका थिए। यस शिविरलाई समाजसेवी टीटी लामाले सहयोग गरेका थिए। प्रशिक्षण शिविरमा 25 जना विद्यार्थीहरुले भाग लिएका‌ थिए‌ भने यस शिविरमा शिक्षक शिक्षिकाहरु पनि उपस्थित रहेका थिए‌।

विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमीत नराखेर व्यावहारिक शिक्षा र प्रशिक्षण पनि दिएर उन्नतिको मार्गमा अघि लगाउन च्याऊ खेतीको प्रशिक्षण दिइएको समाजसेवी सूर्यनारायण प्रधानले बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande