भुवनेश्वर, 03 अगस्त (हि.स.)। ओडिशाको पुरी जिल्लाको बलंगामा आगोमा जलेकी नाबालिग केटीको उपचारमा मृत्यु भएको छ। यस मामिलामा पहिले भनिन्दैथियो कि केटीलाई अज्ञात बदमाशहरूले जलाएका थिए तर अब यस केसमा नयाँ मोड़ आएको छ। केटीका पिताले एउटा भीडियो जारी गरी उनकी छोरीले मानसिक अवसादको कारण आत्महत्या गरेको बताएका छन्।
केटीको गत धेरै दिनदेखि उपचार चलिरहेको थियो। शनिवार नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उसले अन्तिम सास लिई। यस घटनालाई लिएर पीड़िताको पिताले एउटा भीडियो जारी गरी बताए, मेरी छोरीले मानसिक तनावको कारण आत्महत्या गरेकी हो। मैले आफ्नो छोरी गुमाएको छु। छोरीले मानसिक तनावको कारण आफूलाई समाप्त गरी। उसले जुन आघातको सामना गरी, त्यो सहनीय थिएन। उनले जनता र राजनीतिक दलहरूसित यस दुःखद घटनाको राजनीतिकरण नगर्ने अपील गरे। उनले थप भने, ओडिशा सरकारले म र मेरो परिवारको निम्ति धेरै कुरा गरेको छ। मेरो विन्ती छ, कृपया यस मामिलालाई राजनीतिसित नजोड़ियोस् र मेरी छोरीको आत्माको शान्तिको निम्ति प्रार्थना गर्नुहोस्।
यस मामिलालाई लिएर ओडिशा पुलिसले पनि भनेको छ, उसको जाँचमा यस घटनामा अन्य कुनै व्यक्तिको संलिप्तताको कुनै साक्ष्य भेटिएको छैन। ओडिशा पुलिसले एक्समा जारी आधिकारिक बयानमा भन्यो, बलंगा घटनामा पीड़ित केटीको मृत्युको खबर सुनेर हामीलाई गहिरो दुःख लागेको छ। मामिलाको जाँच पूरा गम्भीरताले गरिएको छ र यो अब आफ्नो अन्तिम चरणमा छ। पुलिसले थप स्पष्ट गऱ्यो, अहिलेसम्मको जाँचमा अन्य कुनै व्यक्तिको संलिप्तताको कुनै प्रमाण भेटिएको छैन। साथै जबसम्म कानूनी प्रक्रिया पूरा हुँदैन तबसम्म कुनैपनि अपुष्ट खबरमा प्रतिक्रिया दिनदेखि जोगिने र संवेदनशीलता बनाएर राख्ने अपील गऱ्यो।
ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले केटीको मृत्युमा शोक व्यक्त गरेका छन्। उनले सोशल मीडिया एक्समा लेखेका छन्, पीड़िताको मृत्युको खबर सुनेर मलाई गहिरो दुःख लागेको छ। सरकारको तमाम प्रय़ासहरू र एम्स, दिल्लीको विशेषज्ञ चिकित्सा टीमको प्रयासहरू भएपनि उसको ज्यान बचाउन सकिएन। म उसको आत्माको शान्तिको निम्ति प्रार्थना गर्दछु र ईश्वरसित उसको परिवारलाई यो अपूरणीय क्षति सहने शक्ति प्रदान गर्ने प्रार्थना गर्दछु।
उल्लेख्य, घटना बलंगाको बयाबर गाउँको हो। 19 जुलाईमा 16 वर्षीय केटीमाथि अज्ञात मानिसहरूले ज्वलनशील पदार्थ हालेर आगो लगाएको आरोप थियो। आगोको कारण नाबालिगको शरीरको 75 प्रतिशत हिस्सा जलेको थियो। पहिले उसलाई एम्स भुवनेश्वरमा भर्ती गरिएको थियो र फेरि 20 जुलाईमा उन्नत चिकित्साको निम्ति एयरलिफ्ट गरी दिल्ली लगियो। धेरै सर्जरी र गहन उपचार गरिएपनि उसको स्थिति लगातार गम्भीर बनिरह्यो। शनिवार साझँ उपचार भइऱहेको बेला उसको मृत्यु भयो।
हिन्दुस्थान समाचार / भवानी थामी