राष्ट्रिय राजमार्ग 10 आगामी 6 अगस्तसम्म पूर्ण रूपमा बन्द रहने
राष्ट्रिय राजमार्ग 10 आगामी 6 अगस्तसम्म पूर्ण रूपमा बन्द रहने


गान्तोक, 03 अगस्त (हि.स.)। सिक्किमको जीवन रेखा राष्ट्रिय राजमार्ग 10 आगामी तीन दिनसम्म बन्द रहनेछ। अविरल वर्षा र टिस्टा नदीको बढ्दो जलस्तरले राष्ट्रिय राजमार्ग अन्तर्गत विभिन्न खण्डमा व्यापक क्षति पुऱ्याएको छ। पैह्रो र टिस्टा नदीले पुऱ्याएको क्षतिको मरम्मतसम्भारको लागि राजमार्ग बन्द गर्ने निर्णय लिएको बताइएको छ।

राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) ले 3 अगस्त सॉंझदेखि आगामी 6 अगस्त, 2025 सम्म राष्ट्रिय राजमार्ग 10 अन्तर्गत कोरोनेशन ब्रिजदेखि चित्रेसम्म पूर्ण रूपमा बन्द रहने जानकारी गराएको छ। राजमार्गको उक्त खण्डमा निर्धारित समयसम्म सबै प्रकारका वाहनहरूको चलाचल प्रतिबन्धित रहनेछ।

एनएचआईडीसीएलले यस क्षेत्रमा दुर्घटना रोक्न र सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले आवश्यक सुरक्षा स्तरोन्नति र मर्मतसम्भार गतिविधिहरूलाई सहज बनाउन यो बन्द कार्यान्वयन गरिएको बताएको छ। संगठनले सुरक्षित यात्रा अवस्था सुनिश्चित गर्न र यस महत्वपूर्ण राजमार्ग करिडोरमा भविष्यमा हुन सक्ने अवरोधहरूलाई कम गर्न यी उपायहरू महत्त्वपूर्ण रहेको बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande