सीएपीका संस्थापक सदस्य हेमराज अधिकारी एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
सीएपीका संस्थापक सदस्य हेमराज अधिकारी एसकेएम पार्टीमा सामेल


गान्तोक, 03 अगस्त (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका संस्थापक सदस्य एवं महासचिव (प्रचार प्रसार) हेमराज अधिकारी सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीमा सामेल भएका छन्। हिजो, शनिवार मात्र अधिकारीले सीएपीबाट राजीनामा दिएको कुरा प्रकाशमा आएको थियो।

मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतवार बिहान सामाजिक सञ्जाल फेसबुक पोस्टमा हेमराज अधिकारी आधिकारिक रूपमा एसकेएम पार्टीमा सामेल भएको जानकारी गराएका छन्। मुख्यमन्त्रीले अधिकारीलाई पार्टीमा स्वागत जनाउॅंदै उनले आफ्नो पद र सदस्यता त्याग्दै एसकेएम पार्टीमा सामेल भएको बताएका छन्।

मुख्यमन्त्रीले भने, 'एसकेएम पार्टीसँग मिल्ने उहॉंको निर्णय प्रगतिशील, समावेशी र जनताकेन्द्रित शासनको लागि हाम्रो साझा दृष्टिकोणको बलियो पुष्टि हो। समृद्ध अनुभव र तल्लो तहका वास्तविकताहरूको गहिरो बुझाइका साथ अधिकारीको उपस्थितिले निस्सन्देह हाम्रो सामूहिक अभियानमा गहिराइ थप्नेछ तथा राम्रो र बलियो सिक्किम निर्माण गर्ने हाम्रो निरन्तर प्रयासहरूमा नयाँ गति प्रदान गर्नेछ। उहाँ सामेल हुनुले जनताको कल्याण र हाम्रो प्रिय राज्यको समग्र विकासको लागि अथक प्रयास गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ।'

मुख्यमन्त्रीले नेपाली साहित्यका एक प्रतिष्ठित व्यक्तित्व अधिकारीलाई नेपालको चितवनमा प्रतिष्ठित ‘हेमलता स्मृति लघु कथा सम्मान–2082’ बाट सम्मानित भएकोमा हार्दिक बधाई पनि व्यक्त गरेका छन्।

उनले यो सम्मान उनको उल्लेखनीय साहित्यिक योगदान र हाम्रो क्षेत्रको सांस्कृतिक र बौद्धिक सम्पदाको लागि उनको अटल समर्पणको मान्यता रहेको बताएका छन्। यो पुरस्कार उनीलगायत युवा पुस्ताका लागि पनि प्रेरणास्रोत बन्ने मुख्यमन्त्रीले उल्लेख गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande