सिलगढ़ी, 03 अगस्त (हि.स.)। तृणमूल कंग्रेसका राज्य नेतृत्वले सिलगढ़ी नगरनिगमका विद्रोही पार्षद दिलीप बर्मनलाई आइतवार कारण बताऊ नोटिस जारी गरेका छन्।
उक्त नोटिसमा पार्टी अध्यक्ष सुब्रत बख्शीले भनेका छन्, पछिल्लो बुधवार सिलगढ़ी नगरनिगमको बोर्ड बैठकमा तपाईको व्यवहार अनि त्यसपछि मीडियालाई दिएको अनुचित बयानहरूबाट पार्टीको छविलाई विशेष रूपमा क्षति पुऱ्याएको छ। पार्टीले कुनै पनि स्थितिमा तपाईको निन्दनीयव्यवहारलाई स्वीकार गर्नेछैन। तपाईलाई पार्टीले अनुशासनको उल्लंघन गर्ने किसिमको यस व्यवहारको निम्ति कारण बताऊ नोटिस जारी गरेको छ। तपाईलाई आगामी तीन दिनभित्रमा कारण बताउने आदेश दिइन्छ।
अर्कोतिर दिलीप बर्मन यस नोटिसको जवाफ तथ्य सहित पार्टीलाई पठाउने तयारीमा जुटेका छन्। उनले भने, उनले वर्ष 2012-देखि पार्टीलाई के दिएर पार्टीबाट आफूले के पाए, सम्पूर्ण रिपोर्ट सुम्पिनेछन्। यदि राम्रो काम गर्दा पनि उनलाई कारण बताऊ नोटिस दिइन्छ भने यसमाथि उनलाई केही भन्नु छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा