दुष्कर्मको आरोपी पुलिस भिड़न्तमा पक्राउ
दुष्कर्मको आरोपी पुलिस भिड़न्तमा पक्राउ


बान्दा, 03 अगस्त (हि.स.)। उत्तर प्रदेशमा बान्दा जिल्लाको कोतवाली पुलिस र एसओजीको संयुक्त पुलिस टीमले आइतवार बिहान भिड़न्तमा दुई अपराधीलाई पक्राउ गऱ्यो। यसमा दुवै बदमाशको खुट्टामा गोली लागेको छ। यिनीहरूमाथि एक छात्रासित दुष्कर्म गरेको आरोप छ।

अपर पुलिस अधीक्षक युवराजले बताए, पक्रा परेका आरोपीहरूको पहिचान कल्लू उर्फ मनोज यादव निवासी मवई, थाना कोतवाली नगर तथा अनिल वर्मा पुत्र जयकरन निवासी थाना बबेरूको रूपमा गरिएको छ। यिनीहरूदेखि दुई अवैध पेस्तोल, दुई जिउँदो कारतूस, तीन खोखा कारतूस र घटनामा प्रयोग गरिएको सीएनजी अटो जफत गरिएको छ।

एएसपीले बताए, घटना 02 अगस्तको हो। अबेर साझँ छात्रा अटोमा आफ्नो घर गइऱहेकी थिई। अटो चालक र त्यसमा बसेको एक अन्य व्यक्तिले बहाना बनाएर उसलाई सूनसान ठाउँ लगेर दुष्कर्मको घटनालाई परिणाम दिए। पीड़िताको पिताले अबेर राति थानामा सूचना दिए। यसपछि पुलिसले तत्काल सक्रियता देखाउँदै एफआईआर दर्ता गरी कारबाही शुरू गऱ्यो। भिड़न्तमा दुवै आरोपीको खुट्टामा गोली लाग्यो र उनीहरूलाई पक्राउ गरियो। उपचारको निम्ति दुवैलाई जिल्ला अस्पतालमा भर्ती गराइएको छ, जहाँ उनीहरूको स्थिति स्थिर छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande