विद्या भारती सिक्किम प्रान्तद्वारा प्रान्तीय सप्तशक्ति संगम कार्यशाला सम्पन्न
विद्या भारती सिक्किम प्रान्तद्वारा प्रान्तीय सप्तशक्ति संगम कार्यशाला सम्पन्न


गान्तोक, 03 अगस्त (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको सिक्किम प्रान्तद्वारा आज रानीपुलस्थित सरस्वती विद्या निकेतनमा एकदिवसीय प्रान्तीय सप्तशक्ति संगम कार्यशाला आयोजन गरियो। कार्यक्रममा विद्या भारती सिक्किमका मुख्य सल्लाहकार हरि शंकर शर्मा मुख्य अतिथि थिए।

मुख्य अतिथि शर्माले आफ्नो सम्बोधनमा भने, संस्कार, संस्कृति र शिक्षा मानव जीवनका महत्वपूर्ण आधार हुन्। नानीहरूका प्रथम गुरु माता हुन्। मातृत्व शक्तिको समर्पण, त्याग, नेतृत्व र मार्गदर्शनले परिवार, समाज र राष्ट्रलाई अगाडि बढाउॅंछ। माताहरूमा उत्कृष्ट गुण र व्यवहार हुन्छ, जसले सही मार्गदर्शन गर्न, संस्कार प्रदान गर्न, संस्कृतिको संरक्षण र संवर्धन र पारिवारिक ज्ञानमा योगदान दिन्छन्।

उनले अझ भने, वर्तमान समयको आवश्यकता अनुसार मातृशक्तिलाई विभिन्न दायित्व र नेतृत्व प्रदान गरेर सकारात्मक कार्यहरूको लागि प्रेरित गर्नुपर्छ। संस्कार बिना मानव जीवन अन्धकार छ। उनले सप्तशक्ति संगम जस्ता कार्यक्रमहरू मातृशक्तिलाई सशक्त बनाउने श्रेष्ठ कार्य बताए। उनले यसमा युवतीहरूलाई पनि जोडेर समाज र राष्ट्रको लागि नेतृत्व तयार गर्नुपर्ने आवश्यकतामा जोड दिॅंदै आफ्नो तर्फबाट हर सम्भव सहयोगको आश्वासन दिए।

कार्यक्रममा विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले अतिथिहरूको स्वागत गर्दै स्वयंसेवक संघको शताब्दी वर्षको उपलक्ष्यमा देशव्यापी रूपमा आयोजित विभिन्न कार्यक्रमहरूको जानकारी दिएका थिए। उनले भने, विद्या भारती अखिल भारतीय शिक्षा संस्थानले यस सप्तशक्ति संगमको माध्यमले कुटुम्ब प्रबोधन, मातृ सम्मेलन, पर्यावरण संरक्षण र स्वदेशी जस्ता विषयहरूमा कार्य गर्नेछ। यो कार्यक्रम 5 अक्टोबर, 2025 देखि 26 फरवरी, 2026 सम्म चल्नेछ र यसलाई अखिल भारतीय स्तरदेखि लिएर विद्यालयस्तरसम्म मातृशक्तिको नेतृत्वमा आयोजित गरिने छ।

सिक्किम प्रान्तमा यस कार्यक्रमको लागि 6 सदस्यीय टोली गठन गरिएको छ। आगामी दिनहरूमा वक्ता प्रशिक्षण, साहित्य निर्माण र अन्य तयारीहरू गरिने छ। देशभरि 800 वक्ता, 10,000 कार्यकर्ता, 75 लाख पुस्तक/साहित्य निर्माण र 1.5 करोड महिलाहरूसम्म पुग्ने लक्ष्य राखिएको छ। सिक्किम प्रान्तमा 4 जिल्लास्तरीय र अन्य विद्यालयस्तरमा कुल 20 सम्मेलन आयोजन गर्ने योजना रहेको बताइएको छ।

कार्यक्रममा विद्या भारतीय अखिल भारतीय सह मन्त्री एवं सप्तशक्ति संगम प्रभारी पवित्रा दाहालले कार्यक्रमको उद्देश्य, रूपरेखा र कार्ययोजनाबारे जानकारी दिइन्। यो कार्यशालाले विद्या भारतीको संस्कार, संस्कृति र राष्ट्र निर्माणप्रति समर्पणलाई दर्साउॅंछ भनी विद्या भारती सिक्किमका प्रान्त प्रचार प्रमुख सूर्य धितालले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande