आइन राईका पिताले मुख्यमन्त्रीसॅंग भेट गरे
आइन राईका पिताले मुख्यमन्त्रीसॅंग भेट गरे


गान्तोक, 04 अगस्त (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग आज बिहान रिन्चेनपोङ निर्वाचन क्षेत्र अन्तर्गत ताकुथाङ-छुचेन निवासी मणिकुमार राईले भेट गरे। उनी प्रतिभाशाली आइन राईका पिता हुन्, जो अहिले भोइस किड्स् सिजन 4, नेपालको ग्राण्ड फिनालेमा पुग्न सफल बनेका छन्।

मुख्यमन्त्रीले आइनका प्रयासहरूमा समर्थन व्यक्त गर्दै उनको उल्लेखनीय संगीत यात्राको लागि हार्दिक शुभकामना व्यक्त गरेको आज सामाजिक सञ्जाल पोस्टमा जानकारी गराएका छन्।

उनले आइनको सफलताको कामना गर्दै नयाँ उचाइहरू चढ्दै आफ्नो प्रतिभाले धेरैलाई प्रेरित गरिरहुन् भनी शुभकामना दिएका छन्। मुख्यमन्त्रीले सबैलाई आइनलाई समर्थन गर्न र फाइनलमा उनको जित सुनिश्चित गर्न अपील गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande