कुचबिहार, 05 अगस्त (हि. स.)। कुचबिहारमा विपक्षी नेता शुभेन्दु अधिकारीको कारमा तोड़फोड़ गरेको आरोप तृणमूलमाथि लागेको छ। यसको साथै शुभेन्दुको लावा लस्करमा सामेल पुलिसको वाहनमा पनि तोड़फोड़ गरिएको छ।
प्राप्त जानकारी अनुसार शुभेन्दु अधिकारी मंगलवार पुलिस अधीक्षकसित भेट गर्नका लागि कुचबिहार आएका छन्। खागराबाड़ीमा तृणमूल नेता अनि कार्यकर्ताहरूले कालो झण्डा बोकेर सड़कमा पहिलाबाटै विरोध प्रदर्शन गरिरहेका थिए। आरोप छ, शुभेन्दुको लस्कर भित्र प्रवेश गर्नसाथ लट्ठीहरूले हमला गरियो अनि ढुङ्गा-मुड़ा गरियो। यस हमलामा शुभेन्दु सवार रहेको वाहनको पछिल्लोतिरको शिशा फुटेको छ। आरोप छ, पुलिसको वाहनमा पनि तोड़फोड़ गरियो। त्यसपछि शुभेन्दुको लस्कर भाजपा जिल्ला कार्यालयमा पुग्यो। शुभेन्दु हाल त्यहीँ छन्। यस घटनाको कारणले कुचबिहारको खागराबाड़ीमा व्यापक तनाउ फैलिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा