बागौडा प्राथमिक स्वास्थ्य केन्द्र विषयमा सभासद नुरी शेर्पा अनि दार्जिजिङ सीएमओएचमाझ बैठक
बागौडा प्राथमिक स्वास्थ्य केन्द्र विषयमा सभासद नुरी शेर्पा अनि दार्जिजिङ सीएमओएचमाझ बैठक


सोनादा, 06 अगस्त (हि.स.)। टुंग-सन्तमेरिज समष्टि अन्तर्गत बागौडा उप-स्वास्थ्य केन्द्रका डाक्टरलाई गत केही महिनाअघि स्थानान्तरण गरिएपछि उक्त उप-स्वास्थ्य केन्द्रमा हालमा कुनै डाक्टर नरहेको अनि स्थानीय वासिन्दाहरुको जनगुनासो साथै स्थानीयहरुको स्वास्थ्य सुविधालाई मध्यजनर राख्दै बुधबार टुंग सन्त मेरिज समष्टिका सभासद नुरी शेर्पा अनि दार्जिर्लिङका सीएमओएच डा तुलसी प्रमाणिकमाझ जरुरी बैठक सम्पन्न भयो।

बागौडा उप-स्वास्थ्य केन्द्रमा तत्कालै डाक्टरको नियुक्ति गर्न सीएमओएचको ध्यानाकर्षण गराउँदै सभासदले एक ज्ञापन पत्र पनि चढाएका छन्। यसका साथै यस विषय लिएर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापालाई पनि सभासद‌ नुरी शेर्पाले जनाइसकेको जानकारी प्राप्त भएको छ।

यस अतिरिक्त, समष्टिका विविध समस्याहरुबारे पनि सभासद नुरी शेर्पाले प्रमुख कार्यपालको ध्यानाकर्षण गराएको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande