भाषा विवादः दिल्ली पुलिसको समर्थनमा दिलीप घोष, तृणमूलमाथि प्रहार
भाषा विवादः दिल्ली पुलिसको समर्थनमा दिलीप घोष, तृणमूलमाथि प्रहार


कोलकाता, 5 अगस्त (हि.स.)। बंगाली औ बंगलादेशी भाषालाई लिएर सृजित विवादमा पश्चिम बंगाल भाजपाका पूर्व अध्यक्ष दिलीप घोष खुलेर दिल्ली पुलिसको समर्थनमा उत्रेका छन्। मंगलवार बिहान पत्रकारहरूसित बातचित गर्दै घोषले भने, यस विवादबाट स्पष्ट हुनेछ कि बंगालको भाषा र बंगलादेशको भाषामा भिन्नता के छ। उनले तृणमूल कंग्रेसमाथि आरोप लगाए, उसले सुनियोजित ढंगमा दुवै भाषालाई मिसाउने चेष्टा गरिरहेको छ।

घोषले भने, विदेशी रेडियो च्यानलहरूमा प्रसारित हुने कार्यक्रमहरूमा प्रायः जसो बंगलादेशको भाषालाई नै ‘बंगला’ कहलाइन्छ। तर पश्चिम बंगालका मानिसहरूले जुन भाषा बातचित गर्दछन्, त्यो भिन्नै हो। हामी ‘खाइतासी’ वा ‘जाइतासी’ जस्तो शब्द प्रयोग गर्दैनौं। दिल्ली पुलिसले जुन भाषालाई बंगलादेशी भन्यो, त्यसमा केही गलत छैन। यसबाट स्पष्ट हुनेछ कि कुन चाहिँ बंगालको भाषा हो र कुन चाहिँ बंगलादेशको।

वास्तवमा यो विवाद त्यस बेला शुरू भएको थियो जतिबेला दिल्ली पुलिसले एउटा नोटिस जारी गरी ‘बंगलादेशी भाषा’-देखि अंग्रेजीमा अनुवाद गर्नको लागि अनुवादकहरूको माग गरेको थियो। पुलिसको भनाइ थियो, केही दिनपूर्व लोदी कलोनी क्षेत्रबाट संदिग्ध बंगलादेशी अनुप्रवेशकारीहरूलाई पक्राउ गरिएको थियो। यिनीहरूसित रहेका दस्तावेजहरू बंगलादेशी भाषामा लेखिएको थियो। यी दस्तावेजहरूलाई बुझ्न र अनुवाद गर्नको लागि विशेषज्ञहरू खोजिँदैछ।

तृणमूण कंग्रेसले यस कदमको चर्को आलोचना गर्दै दिल्ली पुलिसको ‘अज्ञानता’ बताएको छ। पार्टीको भनाइ थियो, बंगाली भाषालाई ‘बंगलादेशी’ बताउनु अस्वीकार्य छ र यो पश्चिम बंगालका मानिसहरूको अपमान हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande