बिजनीको विजय संकल्प सभामा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको सहभागिता
बिजनीको विजय संकल्प सभामा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाको सहभागिता


चिरांग, (असम), 05 अगस्त (हि.स.)। बोड़ोल्याण्ड टेरिटोरियल रीजन (बीटीआर)-मा आगामी केही दिनभित्रै हुन गइरहेको चुनाउलाई मध्यनजर गर्दै आज बिजनीको धुरिबारी परिषद क्षेत्रमा आयोजित विजय संकल्प सभामा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भाग लिए। बिजनीको 19 नम्बर थुरिबारी परिषद क्षेत्रस्थित बिजनी विद्यापीठ उच्चतर माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित भाजपाको विजय संकल्प यात्रामा उनले चुनाउको बिगुल फुके।

मुख्यमन्त्रीले भने, बीटीआरमा भाजपाले पूर्ण शक्ति खन्याएर चुनाउ लड़्नेछ। उनले आफ्नो भाषणमा बीपीएफ र यूपीपीएलबीच पुनः गठजोड़ गर्ने आह्वान गरे। उनले भने, यदि दुई दलबीच गठजोड़ भयो भने यसको लाभ अवश्य पाइनेछ।

असम गण परिषद (अगप) बीटीआर चुनाउको मैदानमा उत्रिएको सन्दर्भमा मुख्यमन्त्रीले भने, अगपले जित्ने ध्येय लिएर चुनाउ लड़्नुपर्छ, तर यदि उसको उदेश्य भाजपालाई परास्त गर्नु हो भने यो कुरा उचित हुनेछैन। उनले भने, आगामी 20 अगस्तसम्ममा भाजपाले चुनाउ लड़्ने सबै परिषद क्षेत्रहरूको अन्तिम सूची तय गर्नेछ।

आजको यस कार्यक्रममा मुख्यमन्त्रीसित असम भाजपाका प्रभारी हरिश द्विवेदी, मन्त्री कौशिक राय, बीटीआरका उपाध्यक्ष अभिराम महानायक, बिजनीका विधायक अजय कुमार राय सहित केही नेताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande