श्रीनगर, 5 अगस्त (हि.स.)। जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले मंगलवार श्रीनगरस्थित शेर-ए-कश्मीर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आतंकवाद पीड़ित परिवारहरूलाई नियुक्ति पत्र सुम्पिए।
एक जना सम्बन्धित अधिकारीले बताए, यस कार्यक्रमको उद्देश्य आतंकवादी घटनाहरूमा आफ्ना प्रियजनहरूलाई गुमाउने परिवारहरूलाई सरकारी नोकरी प्रदान गरेर सहायता गर्नु हो।
उनले बताए, उपराज्यपाल सिन्हाले स्वयं उत्तर, दक्षिण एवं मध्य कश्मीरका पीड़ित अनि पीड़ित परिवारहरूलाई 250 नियुक्ति पत्र प्रदान गरे।
उपराज्यपालले पीड़ित परिवारहरूसित बातचित गर्दै उनीहरूको कल्याण अनि पुनर्वासको लागि प्रशासन प्रतिबद्ध रहेको बताए।
स्मरण गराइन्छ, यो कार्यक्रम अनुच्छेद 370-लाई रद्द गरेको 5औं वर्षगाँठको अवसरमा आयोजना गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा