ममता ब्यानर्जीले बाढ़ी पीड़ितहरूलाई आफ्नै हातले पस्किदिइन् भोजन
ममता ब्यानर्जीले बाढ़ी पीड़ितहरूलाई आफ्नै हातले पस्किदिइन् भोजन


हुगली, 05 अगस्त (हि.स.)। मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलवार हुगली जिल्लाको गोघाटस्थित एक बाढ़ राहत शिविरमा बसेका बाढ़ी पीड़ितहरूलाई आफ्नै हातले भोजन पस्किदिइन्। यस अवधि कतिपय मानिसहरूले आफ्नो गुनासो र समस्या पनि मुख्यमन्त्रीसित साझा गरिन्।

लगातार परिरहेको पानी र डीभीसीबाट पानी छोड़िएकोले हुगलीका केही क्षेत्रहरू जलमग्न भएका छन्। मंगलवार ममताले सड़क मार्ग हुँदै आरामबागमा पुगेर बाढ़ीको स्थितिको जायजा लिइन्। उनले गोघाटको एक राहत शिविरमा बाढ़ी पीड़ितहरूलाई भोजन दिइन्। त्यसपछि कामारपुकुर र अन्य प्रभावित क्षेत्रहरूको दौड़ाह गरिन्।

आरामबागमा द्वारकेश्वर नदीको जलस्तर बढ़िरहेको छ। यहाँका 10-12 वटा गाउँहरू जलमग्न भइसकेका छन्। खानाकुलका चारवटा ग्राम पञ्चायत अधिनस्थ 20-22 वटा गाउँहरू पानीमा डुबेका छन्। यस अतिरिक्त पुरशुरा अनि गोघाटका केही गाउँहरूमा पनि पानी भरिएको छ। नदीहरूको जलस्तर तीव्र गतिमा बढ़िरहेको छ। ममताको निरन्तर दौड़ाह अनि राहत कार्यहरूबीच प्रभावित मानिसहरूले चाँड़ै राहत पाउने आशा व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande