पुलिसले हराएका 28 वटा मोबाइल यसका असली मालिकहरूलाई फर्काइदियो
पुलिसले हराएका 28 वटा मोबाइल यसका असली मालिकहरूलाई फर्काइदियो


सिलगढ़ी, 05 अगस्त (हि.स.)। भक्तिनगर थानाको पुलिसले हराएका मोबाइल फोनहरूलाई जफ्त गरी त्यसका असली मालिकहरूलाई सुम्पिदिएको छ। भक्तिनगर पुलिस थानाका प्रभारी अमित अधिकारीले स्वयं फोनका असली मालिकहरूलाई फोन हस्तान्तरण गरे।

वास्तवमा पुलिस थानामा केही मोबाइलहरू हराएको सिकायत हालैमा गरिएको थियो। यी सिकायतहरूको आधारमा पुलिसले जाँच शुरू गरेर 28 वटा फोनहरू जफ्त गऱ्यो। त्यसपछि थाना प्रभारीको नेतृत्वमा सबै मोबाइलहरू यसका असली मालिकहरूलाई सुम्पिइयो। आफ्नो फोन पाएर फोन मालिकहरू धेरै खुशी भए।

केही मानिसहरूले भने, फोन हराएपछि उनीहरूले फेरि आफ्नो फोन प्राप्त हुने आशा गुमाइसकेका थिए। उनीहरूले पुलिसप्रति आभार व्यक्त गरे। भक्तिनगर पुलिस थाना प्रभारी अमित अधिकारीले भने, यो मोबाइल फोन जफ्त गर्ने प्रक्रिया मात्र नभएर आम मानिसहरूको विश्वास र सुरक्षा बहाल गर्ने प्रयास पनि हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande