गुवाहाटी, 05 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार लोक कल्याण दिवसको अवसरमा भारत रत्न लोकप्रिय गोपीनाथ बोरदलोईलाई स्मरण गर्दै आफ्नो श्रद्धाञ्जलि अर्पण गरेका छन्।
मुख्यमन्त्रीले सोशल मीडियामा एउटा पोस्ट शेयर गर्दै भनेका छन्, लोकप्रिय गोपीनाथ बोरदलोई जातिय चेतनाका अमेट प्रतीक हुन्। आधुनिक असमका स्वप्नद्रष्टा भारत रत्न गोपीनाथ बोरदलोईको बुद्धिमत्ता, कार्यशक्तिले असमलाई एकतर्फी र अनौठो बनाएर राख्यो। उनको महत्वपूर्ण योगदानको कारण आज हामीले भारतको एक अंग हुने अवसर प्राप्त गर्न सकेका छौं। यस महान असमियाप्रति असमवासीहरूको सदैव आभार रहनेछ। निःस्वार्थ भावले देश सेवाको एक उज्जवल उदाहरण पेश गर्दै सुप्रशासन प्रणाली स्थापना गर्नको लागि उनले गरेका प्रयासहरूलाई हामीले अगाड़ि बढ़ाउनुपर्छ। गोपीनाथ बोरदलोईलाई हाम्रो निम्ति प्रेरणाका श्रोत हुन्। बोरदलोईजीको आज पुण्यतिथिमा आयोजित 'लोक कल्याण दिवस'-मा उनलाई हामी श्रद्धापूर्वक प्रणाम अर्पण गर्दछौं।
उल्लेखनीय छ, राज्य सरकारले 28 जुलाई, 2024-मा भएको क्याबिनेट बैठकमा लोकप्रिय गोपीनाथ बोरदलोईको पुण्यतिथि अर्थात 5 अगस्तलाई असममा लोक कल्याण दिवस- को रूपमा मनाउने निर्णय लिएको थियो। यस दिनलाई असमका पहिलो मुख्यमन्त्री, स्वतन्त्रता सेनानी औ भारत रत्न गोपीनाथ बोरदलोईको पुण्यतिथिको रूपमा मनाइन्छ।
'लोक कल्याण दिवस' 5 अगस्तलाई गोपीनाथ बोरदलोईको सार्वजनिक सेवा एवं असमको विकासमा उनको योगदानलाई स्मरण गर्नको लागि मनाइन्छ। यस दिन राज्य सरकारद्वारा उत्कृष्ट कार्य गर्ने राज्यका कर्मचारीहरूलाई लोक सेवा पुरस्कारद्वारा पुरस्कृत पनि गरिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा