कुचबिहार, 5 अगस्त (हि.स)। राज्यका विपक्षी नेता शुभेन्दु अधिकारी मंगलवार कुचबिहारको भ्रमणमा आएका छन्। अर्कोतिर सत्तारूढ़ तृणमूल कंग्रेसले पनि यहाँका धेरैवटा ठाउँहरूमा विरोध प्रदर्शनको कार्यक्रम आयोजना गरेको छ। परिणामस्वरूप अशान्ति फैलिने आशंका रहेको छ। तथापि पुलिसकर्मीहरूले स्थितिमाथि नजर राखिरहेका छन् ताकि कुनै प्रकारको अशान्ति नहोस्। उच्च पदस्थ पुलिस अधिकारीहरूदेखि लिएर ठूलो संख्यामा पुलिसकर्मीहरूलाई पहिलाबाटै सड़कहरूमा तैनाथ गरिएको छ।
वास्तवमा कुचबिहार-2 ब्लक तृणमूल कंग्रेसको पहलमा कुचबिहार शहर संलग्न खागराबाड़ी चौपथीमा एक विरोध कार्यक्रम आयोजना गरिएको छ।पार्टी कार्यकर्ताहरू बिहानदेखिकै त्यहाँ भेला भएर बसेका छन्। विपक्षी नेताको यहीँ बाटो भएर कुचबिहार शहरमा प्रवेश गर्ने कार्यक्रम छ। शुभेन्दु अधिकारी अदालतको अनुमति लिएर मंगलवार पुलिस अधीक्षकसित भेट गर्नका लागि आइरहेका छन्। कुचबिहारका कतिपय क्षेत्रहरूमा तृणमूल कंग्रेसले भाजपा विधायकहरूमाथि कथित रूपमा हमला गरिरहेको छ र यस मामिलामा पुलिसमा सिकायत गरिएको भए पनि कुनै कारबाही नभइरहेको कारणले विपक्षी नेता पुलिस अधीक्षकसित भेट गर्नका लागि आइरहेका छन्। यस कार्यक्रमलाई लिएर अहिलेघरि कुचबिहारमा राजनीतिक तनाउ व्याप्त भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा