तीन चतुर चोर पुलिसको कब्जामा
तीन चतुर चोर पुलिसको कब्जामा


गुवाहाटी, 05 अगस्त (हि.स.)। चोरीको एक मामिलामा जाँच गर्दै गुवाहाटीको वशिष्ठ पुलिसले तीनजना चतुर चोरहरूलाई पक्राउ गरेको छ। चोरहरूको कब्जाबाट एउटा स्कुटी जफ्त गरिएको छ। यी चोरहरूको पहिचान निर्मल नाथ (40) निवासी दरंग, सुप्रतीक नाथ (23) निवासी करिमगञ्ज र भीम सिंह (28) निवासी सातगाउँ, गुवाहाटीको रूपमा गरिएको छ।

असम पुलिस मुख्यालयद्वारा मंगलवार जारी बयान अनुसार आरोपी भीम सिंहले चोरीका सामग्रीहरूलाई खरिद गर्दथे। भीमलाई उसैको पसलबाट पक्राउ गरियो। पुलिसले उसको कब्जाबाट 6 वटा एलपीजी ग्यासको सिलेण्डर पनि जफ्त गरेको छ जुन कथित रूपमा रकमिणी गाउँबाट चोरी गरिएको थियो। पुलिसले तीनैजना चोरहरूसित जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande