मुरादाबाद, 05 अगस्त (हि.स.)। उत्तर प्रदेशको मुरादाबाद जिल्लामा थाना मागफनी क्षेत्र स्थित डिप्टी गंजमा क्षेत्रमा सोमवार अबेर राति भिड़न्तमा पुलिसले एक छेड़छाड़को आरोपीलाई पक्राउ गरेको छ। आरोपीको खुट्टामा गोली लागेको छ र उसलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराइएको छ।
पुलिस अधीक्षक (नगर) कुमार रणविजय सिंहले मंगलवार बताए, ड्रोनलाई लिएर चलिरहेको अफवाहमा पुलिस टीमले राति थाना नागफनी क्षेत्रमा चेकिङ अभियान चलाइरहेको थियो। सोही अवधि एक संदिग्ध युवक पुलिसलाई देखेर भाग्नथाल्यो। जब उसलाई पछ्याइयो तब उसले पुलिसमाथि गोलीबारी गऱ्यो। जवाबी कारबाहीमा उसको खुट्टामा गोली लाग्यो र उ घाइते भयो। घाइते अवस्थामा उसलाई उपचारको निम्ति जिल्ला अस्पतालमा भर्ती गराइयो। सोधपुछमा पक्रा परेको आरोपीले आफ्नो नाम आदिल पुत्र पप्पू निवासी उमरी थाना कांठ बतायो। उसले एक निजी नर्सिंग होममा काम गर्दछ। आरोपी एक महिलासित छेड़छाड़को मामिला भागिरहेको थियो। आरोपीदेखि एक मोटरसाइकिल, पेस्तोल र कारतूस जफत भएको छ।
एसपी सिटीले बताए, सोधपुछमा थाहा लाग्यो कि पक्रा परेको आरोपीले आइतवार थाना नागफनी क्षेत्रको डिप्टी गंजस्थित गोल कोठी नजिक बस्ने एक महिलालाई बजारबाट समान लिएर घर फर्किरहेको समय पछाड़ीबाट समातेर अश्लील व्यवहार गऱ्यो। महिलाले जब यसको विरोध गरिन् तब आरोपी त्यहाँबाट भागेको थियो। आरोपीको भीडियो पनि सोशल मीडियामा भाइरल भएको थियो, जसको आधारमा पुलिसले उ विरूद्ध अग्रिम कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी