कोलकाता, 5 अगस्त (हि.स.)। बंगलादेशी मोडल शान्ता पालको मामिलामा कोलकाता पुलिसलाई ठूलो सफलता हात लागेको छ। जाली भारतीय दस्तावेज बनाउनमा उनलाई सहयोग गरेको आरोपमा पुलिसले नैहाटीका 35 वर्षीय युवक सौमिक दत्तलाई पक्राउ गरिएको छ। उसलाई कोलकाता पुलिसको एन्टी-गुण्डा स्क्वायडले हिरासतमा लिएको छ।
पुलिस सूत्र अनुसार बंगलादेशको बारिशाल निवासी शान्ता पाल पेशाले मोडल रहिआएकी छन्। बंगलादेशमा मोडलिंगसँगसँगै उनले फिल्ममा पनि गाम गरिसकेकी छन्। भारतमा आएपछि शान्ताले तेलुगु फिल्ममा पनि अभिनय गरिन् साथै उनले कोलकातामा कार रेन्टल एवं पर्यटन व्यवसाय पनि शुरू गरिन्।
पछिल्लो 2023 सालदेखि नै दक्षिण कोलकाताको जादवपुर निकट विक्रमगढ़मा भाड़ाको घरमा बस्दै आइरहेकी शान्ताले हालैमा पर्यटनसित सम्बन्धित एक नयाँ व्यवसायको लागि सम्पर्क गर्दा उनको परिचय पार्क स्ट्रीट निवासी एकजना व्यक्तिसित भयो। यी नै व्यक्तिले पठि सिकायत गरे, शान्ता पाल बंगलादेशी पासपोर्टमा भारत आइन् र जाली भारतीय परिचय पत्र बनाएर अवैध रूपमा बस्दै आइरहेकी छन्।
पुलिस जाँचमा यो पनि पत्तो लाग्यो, शान्ताको भिजा जुलाई, 2025-मै समाप्त भइसकेको थियो। तथापि उनी राज्यमा बस्दै आइरहेकी थिइन्। जाँचबुझमा शान्ताले आफूलाई विवाहिता बताउँदै भनिन्, पश्चिम बंगालको शान्तिपूर्ण वातावरण उनलाई मनपर्छ, त्यसैले उनी यहाँ बस्न चाहन्थिइन्।
उल्लेखनीय छ, शान्ताको विक्रमगढ़स्थित घरमा भएको छापामारीमा पुलिसले दुईवटा आधार कार्ड जफ्त गरेको छ जसमा एउटै नम्बरमा दुई भिन्नै ठेकाना एउटा कोलकाता र दोस्रो बर्दवान अंकित छ। यस अतिरिक्त उनको नाममा बर्दवानको एउटा भोटर आईडी कार्ड पनि भेटिएको छ। त्यसैले पुलिस यो पत्तो लगाउन जुटेको छ, शान्ता बर्दवानमा पनि बसेकी थिइन्।
जानकारी अनुसार शान्ताले एउटा गेस्ट हाउस खोल्ने योजना बनाइरहेकी थिइन् र यसको लागि उनले कसैको नाममा ब्यांकबाट ऋण पन लिएकी थिइन्। यो ऋण कसरी स्वीकृत भयो यसको पनि गहन जाँच भइरहेको छ।
हाल पुलिसले सौमिक दत्तासित जाँचबुझ गरिरहेको छ, उसले शान्तालाई नक्कली जस्तावेज बनाउनको लागि कसरी सहयोग गऱ्यो। यस नेटवर्कमा अन्य को-को सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा