‘हाम्रो टोल, हाम्रो समाधान‘ कार्यक्रमलाई सफल बनाउनको लागि मुख्य सचिवले जिल्लाधिकारीहरूसित बैठक गरे
‘हाम्रो टोल, हाम्रो समाधान‘ कार्यक्रमलाई सफल बनाउनको लागि मुख्य सचिवले जिल्लाधिकारीहरूसित बैठक गरे


कोलकाता, 05 अगस्त (हि.स.)। पश्चिम बंगाल सरकारको ‘आमादेर पाड़ा, आमादेर समाधान (हाम्रो टोल, हाम्रो समाधान)’ कार्यक्रम यसै महिनाको गए 2 तारिकदेखि शुरू भएको छ। मुख्यमन्त्री ममता ब्यनर्जीले यसलाई सफल बनाउनको लागि राज्यका सबै उच्च अधिकारीहरूलाई निर्देश दिएकी छन्। यस कार्यक्रमको महत्वलाई मध्यनजर गर्दै मुख्य सचिव मनोज पन्तले मंगलवार बिहान सबै जिल्लाका म्याजिस्ट्रेटहरूसित एक महत्वपूर्ण बैठक गरे।

मुख्य सचिवले ‘आमादेर पाड़ा, आमादेर समाधान’ कार्यक्रमलाई सफल तुल्याउनको निम्ति तीन वटा मुख्य निर्देश दिएका छन्। सबैभन्दा पहिला यस कार्यक्रमको प्रचार-प्रसारलाई व्यापक र प्रभावशाली बनाइयोस् ताकि अधिकभन्दा अधिक मानिसहरू यसको बारेमा जागरूक हुन सकुन्। दोस्रो, कार्यक्रम अवधि सम्बन्धित अधिकारीहरूको उपस्थिति सुनिश्चित गर्नुपर्छ ताकि मानिसहरूको समस्याहरूको सही समयमा समाधान होस्। तेस्रो, कार्यक्रमको लागि यस्तो स्थल चयन गरियोस् जुन मानिसहरूको लागि सहज र सुविधाजनक होस् ताकि मानिसहरूले सहजै पुगेर आफ्नो मुद्दा उठाउन सकुन्।

मुख्य सचिवले गए सोमवार साँझ नवान्नमा पत्रकार वार्तामा बताएकी थिइन्, अहिलेसम्ममा यस कार्यक्रमका क्याम्पहरूमा 2.15 लाखभन्दा अधिक मानिसहरूले भाग लिसकेका छन्। त्यसैले मंगलवार बिहान उनले जिल्ला म्याजिस्ट्रेटहरूलाई आफ्नो गतिविधि बढ़ाउने निर्देश दिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande