जोधपुर, 05 अगस्त (हि.स.)। सुरक्षा एजेन्सीहरूले जैसलमेरको चान्दन गाउँबाट पाकिस्तानको निम्ति जासूसी गरेको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिएको छ। सुरक्षा एजेन्सीहरूले उसित गहन सोधपुछ गरिरहेका छन्। संदिग्ध व्यक्ति डीआरडीओ गेस्ट हाउसमा मेनेजरको पदमा कार्यरत छ।
सुरक्षा एजेन्सीहरूसित जोड़िएको सूत्रहरू अनुसार, डीआरडीओ गेस्ट हाउसमा मेनेजरको पदमा कार्यरत महेन्द्र सिंहमाथि जासूसी सम्बन्धी गम्भीर आरोप छ। यस गेस्ट हाउसमा सैन्य परीक्षणसित जोड़िएका अधिकारी र वैज्ञानिक बस्छन्। आरोप छ, उसले यी अधिकारीहरूको जानकारी सीमापारी पठाउँथ्यो। देशका सतर्क सुरक्षा एजेन्सीहरूले गेस्ट हाउसको मेनेजर महेन्द्र सिंहलाई उसको संदिग्ध गतिविधिहरूको कारण जैसलमेरको चान्दन गाउँबाट हिरासतमा लिएका छन्। अब उसित सुरक्षा एजेन्सीहरूले गहन सोधपुछ गरिरहेका छन्।
सुरक्षा एजेन्सीले यस व्यक्तिमाथि लामो समयदेखि नजर राखिरहेको थियो। सुरक्षा एजेन्सी र मिलिट्री इन्टेलिजेन्स अब छानबीनमा जुटेको छ। पोकरण फायरिङ रेञ्ज जस्ता संवेदनशील स्थानहरूको जानकारी लीक भएको सम्भावना पनि व्यक्त गरिन्छ। मोबाइल र चैट्सको माध्यमले जासूसी गरेको अहम साक्ष्य पनि भेटिएको छ। उसित सोधपुछपछि अझ् धेरै खुलासा हुनसक्छ।
हिन्दुस्थान समाचार / भवानी थामी