राज्यपाल रानीडंगामा आयोजित 'भारत रक्षा पर्व' मा सहभागी बने
राज्यपाल रानीडंगामा आयोजित 'भारत रक्षा पर्व' मा सहभागी बने


गान्तोक, 05 अगस्त (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर आज सशस्त्र सीमा बलको सिलगढीस्थित बंगाल फ्रण्टियर मुख्यालय, रानीडंगामा 'भारत रक्षा पर्व' को उपलक्ष्यमा आयोजित भव्य समारोहमा सहभागी बने। एक राष्ट्रिय दैनिक समाचार पत्रद्वारा आयोजित उक्त कार्यक्रम विगत दुई दशकदेखि सीमान्त क्षेत्रहरूमा तैनात सुरक्षा बलहरूलाई सम्मानित गर्ने एक अनुकरणीय पहल रहेको राजभवनले बताएको छ। यस अवसरमा एसएसबीका महिला कर्मीहरू र विद्यार्थीहरूले राज्यपाललाई राखी बॉंधेर सम्मान जनाए।

राज्यपालले रक्षा पर्वको यस प्रयासको सराहना गर्दै भने, 'सीमामा तैनात हाम्रा वीर जवानहरूप्रति नागरिकहरूको यो भावनात्मक सम्बन्धले राष्ट्रिय सुरक्षाप्रति सम्मान दर्साउॅंनुका साथै सांस्कृतिक मूल्यहरूलाई पनि सशक्त बनाउॅंछ।' उनले विद्यार्थीहरू र महिला कर्मीहरूलाई उपहार स्वरूप मिठाइको प्याकेट प्रदान गरेर उनीहरूको प्रयासको सराहना गरे।

यस अवसरमा एसएसबी सिलगढी फ्रण्टियरका आईजी वन्दन सक्सेना, अधिकारीहरू, आयोजक पक्षका प्रतिनिधिहरू आदि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande