79औं स्वतन्त्रता दिवस समारोहलाई लिएर अन्तिम समीक्षा बैठक सम्पन्न
79औं स्वतन्त्रता दिवस समारोहलाई लिएर अन्तिम समीक्षा बैठक सम्पन्न


नाम्ची, 05 अगस्त (हि.स.)। नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतिशचन्द्र राईको अध्यक्षतामा आगामी 79औं स्वतन्त्रता दिवस समारोहलाई लिएर आज जिल्ला प्रशासनिक केन्द्रमा अन्तिम समीक्षा बैठक आयोजन गरियो।

बैठकलाई सम्बोधन गर्दै विधायक राईले सहज समन्वय र समयमै कार्यान्वयनको महत्वमाथि जोड दिॅंदै सबै अधिकारीहरूलाई उचित योजना र सहकार्यका साथ कार्यक्रम सञ्चालन गर्न आग्रह गरे। उनले कार्यक्रम स्थलको तयारी, जनताको सुरक्षा, खेलकुद गतिविधि, सांस्कृतिक कार्यक्रम र रसद लगायत विभिन्न विभागहरूले गरेका व्यवस्थाहरूको गहन समीक्षा गरे।

बैठकमा निर्बाध कार्यान्वयन र सक्रिय समुदायको सहभागिता सुनिश्चित गर्न सम्बन्धित विभागहरूलाई विशेष जिम्मेवारी सुम्पियो। उनले आगामी कार्यक्रमको सफल सञ्चालनको लागि इमानदारी र प्रतिबद्धताका साथ काम गर्न सबै कर्मचारीहरूलाई आग्रह गरे।

बैठकमा सल्लाहकार रमा तामाङ, उपाध्यक्ष बिकास तामाङ, अध्यक्ष हुकुमचन्द राई, अध्यक्ष कला प्रधान, एपीएस विष्णु शर्मा, एडीसी सुभाष घिमिरे, एसडीएम निम पिन्चो भोटिया र विभिन्न लाइन विभागका अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande