विगत तीन वर्षदेखि प्राथमिक शिक्षक शिक्षिकाहरुको सर्विस बुक सही भएर गएको छ: राजेस चौहान
खरसाङ, 05 अगस्त (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभाग अन्तर्गत प्राथमिक शिक्षक शिक्षिकाहरुको लागि आज सर्विस बुक डे पालन गरिएको छ। खरसाङको गिद्ध पहाड क्षेत्रमा जीटीएको डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानको विशेष उपस्थितिमा प्राथमिक शिक्षा विभागको शिक्षक शिक्षिकाहरुलाई लिएर सर्भिस बुक डे पालन गरियो।
यस अवसरमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको 13 वटै सर्कलका शिक्षक शिक्षिकाहरु उपस्थित थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीएको डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानले 2022 मा जीटीए आएपछि जीटीए प्रमुख अनित थापाको निर्देशनमा प्राथमिक शिक्षक शिक्षिकाहरुको विभिन्न समस्याहरु समाधान हेतु सर्विस बुक डे पालन गर्दै सबै कागज पत्रहरु तयार पार्ने कार्य गरिएको र सबैले आफ्नो सर्विस बुक हेरेर सही गरेको बताए।
उनले विगत तीन वर्षदेखि प्राथमिक शिक्षक शिक्षिकाहरुको सर्विस बुक अपटुडेट भइरहेको जानकारी गराए। उनले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, 'जीटीए प्रमुख अनित थापाको निर्देशनमा प्राथमिक शिक्षक शिक्षिकाहरु र शिक्षाविदहरुलाई लिएर प्राथमिक शिक्षक शिक्षिकाहरुको कागजपत्रहरु अपडेट गर्ने कार्य 2022 पछि गरिएको हो। विगत तीन वर्षदेखि यता प्राथमिक शिक्षक शिक्षिकाहरुको सर्विस बुक सही भएर गएको छ। शिक्षक शिक्षिकाहरुले वर्षभरि नानीहरुको भविष्य निर्माणको लागि कार्य गर्छन् अनि समाज बनाउन ठूलो योगदान दिइरहेका छन् भने यो एक दिन शिक्षक शिक्षिकाहरुको कागज पत्रहरु सठीक गर्ने दिन हो।'
हिन्दुस्थान समाचार / हनोक