रियासीमा राज्यको दर्जा बहालीको मागमा कंग्रेस र नेशनल कन्फ्रेन्सको संयुक्त प्रदर्शन
रियासीमा राज्यको दर्जा बहालीको मागमा कंग्रेस र नेशनल कन्फ्रेन्सको संयुक्त प्रदर्शन


जम्मू, 5 अगस्त (हि.स.)। जम्मू-कश्मीरलाई पूर्ण राज्यको दर्जा बहाल गर्ने मागमा मंगलवार कंग्रेस तथा नेशनल कन्फ्रेन्सका कार्यकर्ताहरूले संयुक्त रूपमा प्रदर्शन गरे।स्थानीय डाक बंगलादेखि मिनी सचिवालयसम्म हातमा पोस्टर, ब्यानर एवं कालो झण्डा बोकेर व्यापक नाराबाजी गरियो।

प्रदर्शनकारीहरूले 5 अगस्तलाई ‘कालो दिवस’- को रूपमा मनाउँदै भने, यसै दिन प्रदेशको स्वतन्त्रता खोसिएको थियो साथै अनुच्छेद 370-लाई रद्द गरेर मानिसहरूलाई समस्या बढ़ाइदिएको थियो। उनीहरूले आरोप लगाए, आज प्रदेशका मानिसहरू अनेकौं समस्याहरूसित जुझिरहेका छन् भने युवाहरूले नोकरी पाइरहेका छैनन्।

मिनी सचिवालयको गेटमा पुगेर प्रदर्शनकारीहरूले व्यापक नारा लगाए अनि सरकारसित राज्यको दर्जालाई चाँड़ै बहाल गर्ने माग गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande