कुचबिहार, 5 अगस्त (हि.स)। विपक्षी नेता शुभेन्दु अधिकारीमाथि कुचबिहारमा हमला भएको आरोपलाई राज्यका मन्त्री तथा तृणमूल नेता उदयन गुहाले खारेज गरिदिएका छन्। गुहाले सम्वाददाताहरू स मक्ष भने, हमलाको आरोप झुटो हो।
शुभेन्दु उनको पार्टीले जसरी बंगाली भाषा र बंगालीहरूको अपमान गरिरहेका छन्, त्यसको विरोधमा आज कुचबिहारको हरेक मोड़मा कालो झण्डा सहित धिक्कार कार्यक्रम आयोजना गरिएको थियो। 'जय बंगला'- को नारा लगाएर उनीप्रति धिक्कार व्यक्त गरियो। शुभेन्दुले यसलाई बढ़ाएर पेस गरिरहेका छन् साथै हमला गरेको झुटो नाटक गरिरहेका छन्।
उल्लेखनीय छ, मंगलवार शुभेन्दुमाथि त्यसबेला हमला भयो जतिबेला उनी एक पार्टी कार्यक्रममा सामेल हुनका लागि कुचबिहार गएका थिए। घटनापछि उदयन गुहाले भने, यदि तपाईले बंगाल र बंगालीहरूमाथि हमला गर्नु भयो भने यस्तै जवाफ पाउनु हुनेछ। यस घटनालाई लिएर राज्यको राजनीति फेरि गर्मिएको छ।
अर्कोतिर शुभेन्दु अधिकारीले आरोप लगाए, मैले गए सोमवार राती गृहसचिव र डीजीलाई लिखित रूपमा सूचित गरेको थिएँ कि म कुचबिहार आइरहेको छु। तथापि सुरक्षाको कुनै व्यवस्था गरिएन। जबकि पुलिसको अगाड़ि नै योजनाबद्ध ढंगमा हामीमाथि हमला गरियो। मलाई पहिलाबाटै थाहा थियो, उनीहरूले यस्तै गर्नेछन्। उनले स्पष्ट पारे, कुचबिहारका एसपी यसको लागि जवाफदेही हुनुपर्छ। मैले जे गर्नुपर्छ म गर्नेछु। राज्य सरकारको यो प्रशासनिक निष्क्रियता अस्वीकार्य छ।
यसबीच हमलाको आरोपलाई लिएर जिल्ला वा राज्य पुलिसको पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा