वज्रपातको कारण बाँकुड़ामा 15 दिनभित्रमा 11 जनाको मृत्यु
वज्रपातको कारण बाँकुड़ामा 15 दिनभित्रमा 11 जनाको मृत्यु


कोलकाता, 6 अगस्त (हि.स.)। पश्चिम बंगालको बाँकुड़ा जिल्ला लगातार चट्याङ्ग जस्तो प्राकृतिक आपदासित जुझ्दै आइरहेको छ। राज्य आपदा प्रबन्धन विभागले बुधवार बिहान बतायो, बितेको 15 दिनभित्रमा यहाँ 11 जना मानिसहरूको ज्यान गइसकेको छ। गए मंगलवार साँझ पनि चट्याङ्गको चपेटमा परेर दुईजना मानिसहरूको मृत्यु भएको छ।

बयान अनुसार बितेको मंगलवार साँझ भिन्न स्थानमा भएका घटनाहरूमा इंदास थाना क्षेत्रको पलाशी गाउँका 55 वर्षीय राजू बागदी औ पात्रसायर थाना क्षेत्रको पाटित गाउँका 63 वर्षीय जयन्त मण्डलको मृत्यु भयो। दुवै नै आ-आफ्नो खेतमा धान रोपिरहेका थिए, अचानक चट्याङ्ग लागेर दुवैको घटनास्थलमै मृत्यु भयो। पुलिसले शवहरूलाई पोस्टमर्टम गर्नको लागि विष्णुपुर जिल्ला अस्पतालमा पठाइदिएको छ।

जिल्ला प्रशासनको भनाइ छ, यस वर्ष मनसुन शुरू भएदेखि नै एकपछि अर्को निम्न दबाव उत्पन्न भएको कारणले बाँकुड़ामा लगातार पानी परिरहेको छ। मेघ गर्जनयुक्त बादलको कारणले वज्रपातका घटनाहरू असामान्य रूपमा बढ़िरहेको छ। पछिल्लो 24 जुलाईमा एकै दिन नौजना मानिसहरूको चट्याङ्ग लागेर मृत्यु भएको थियो भने त्यसपछि अहिलेसम्ममा मृत्युको आँकड़ा 11 पुगेको छ जसले गर्दा ग्रामीणहरू भयभित भएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande