शुभेन्दुको लस्करमाथि हमलाको विरोधमा भाजपाको प्रदर्शन
शुभेन्दुको लस्करमाथि हमलाको विरोधमा भाजपाको प्रदर्शन


सिलगढ़ी, 06 अगस्त (हि.स.)। कुचबिहारमा राज्यका विपक्षी नेता शुभेन्दु अधिकारीको लावा-लस्करमाथि भएको हमलाको विरोधमा भारतीय जनता पार्टी (भाजपा)-ले सिलगढ़ीमा टायर जलाएर प्रदर्शन गऱ्यो। बुधवार सिलगढ़ी संलग्न फुलबाड़ी बटालियन मोड़मा भएको विरोध प्रदर्शनको नेतृत्वमा डाबग्राम-फूलबाड़ी विधायक शिखा च्यटर्जीले गरिन्।

यस अवधि भाजपा समर्थकहरूले उत्तर बंगाल विकास मन्त्री उदयन गुहालाई पक्राउ गर्ने माग पनि गरे। प्रदर्शनको कारणले सड़कका दुवै तिर जाम लाग्यो। घटनाको सूचना पाउनसाथ घटनास्थलमा ठूलो संख्यामा आएको पुलिस बलले सड़कलाई जाम मुक्त बनायो।

डाबग्राम-फुलबाड़ी विधायक शिखा च्यटर्जीले भनिन्, शुभेन्दु अधिकारीको लस्करमा भएको हमलाको पछाड़ि कोलकातामा बसेका नेतृत्वको हात छ। पुलिसको उपस्थितिमै शुभेन्दुको वाहनको शिशा फुटाइयो। उत्तर बंगाल विकास मन्त्री उदयन गुहाको उपस्थितिमै यो हमला भएको थियो। त्यसैले भाजपाले अविलम्ब उदयन गुहालाई पक्राउ गर्ने माग गर्दछ।

उल्लेखनीय छ, शुभेन्दु अधिकारी बितेको मंगलवार कुचबिहारमा भाजपा विधायकहरूमाथि भएको हमलाको सम्बन्धमा कुचबिहरका पुलिस अधीक्षकसित भेट गर्न गएका थिए। कुचबिहारको खग्राबाड़ी चौथपीमा उनको लस्कर पुग्नसाथ विरोध प्रदर्शन शुरू गरियो। यस अवधि 'गो ब्याक'- को नारा पनि लगाइयो। शुभेन्दुको कारको शिशा फुटाइयो। यस हमलाको विरोधमा राज्यभरि नै भाजपाले विरोध प्रदर्शन गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande