सिलगढ़ी, 6 अगस्त (हि.स)। सीमा सुरक्षा बल (बीएसएफ)-ले ट्रक मुनि लुकेर भारतमा प्रवेश गर्ने चेष्टा गरिरहेको एक जना बंगलादेशी युवकलाई फूलबाड़ी सीमामा पक्राउ गऱ्यो। पक्रा पर्ने बंगलादेशी युवकको नाम जीबन रोय हो जो बंगलादेशको रंगपुर जिल्ला निवासी रहेको बताइएको छ। बीएसएफले बुधवार एक प्रेस विज्ञप्ति जारी गरी यस आशयको जानकारी गराएको छ।
विज्ञप्ति अनुसार जवानहरूले ट्रक चालक रञ्जीत उरावँलाई पनि समातेका छन्। दुवैलाई अग्रिम कारबाहीको लागि एनजेपी थानाको पुलिसलाई सुम्पिइएको छ।
प्राप्त जानकारी अनुसार भुटान नम्बरधारी ढुङ्गाले लादिएको एउटा ट्रक बंगलादेशमा ढुङ्गा झारेपछि फुलबाड़ीस्थित भारत-बंगलादेश सीमाबाट भारतमा प्रवेश गरिरहेको थियो। फुलबाड़ी सीमामा गए मंगलवार रूटिन जाँच अवधि बीएसएफ जवानहरूले ट्रकको जाँच गरे। यसै क्रममा युवकलाई ट्रकमुनि बसेको भेटियो। युवकलाई समातेर जाँचबुझ गर्दा थाहा लाग्यो कि उ बंगलादेशदेखि अवैध रूपमा भारतमा प्रवेश गरिरहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा