अभयाका माता-पिताको डरले मुख्यमन्त्री झाड़ग्राम भागिन्ः शुभेन्दु अधिकारी
अभयाका माता-पिताको डरले मुख्यमन्त्री झाड़ग्राम भागिन्ः शुभेन्दु अधिकारी


कोलकाता, 6 अगस्त (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले फेरि एक पटक मुख्यमन्त्री ममता ब्यानर्जीमाथि तीव्र प्रहार गरेका छन्। बुधवार माइक्रो ब्लगिंग साइट एक्समा आफ्नो एउटा पोस्टमा शुभेन्दुले दाबी गरे, मुख्यमन्त्री ममता ब्यानर्जी अभयाका माता-पितादेखि यतिधेरै डराएकी छन् कि उनी झाड़ग्राम गएकी छन् अर्कोतिर पुलिस नवान्नमा उनको कुर्सीलाई बचाउनमा लागिपरेको छ। शुभेन्दु अधिकारीले एक्समा लेखे, “डाक्टर बहिनीमाथि अत्याचार अनि उसको मृत्युको लागि जिम्मेवार मुख्यमन्त्री ममता ब्यनर्जी अभयाका माता-पितादेखि यति धेरै भयभित भएकी छन् कि आफूलाई बचाउनको लागि उनी भागेर झाड़ग्राम पुगेकी छन्।”

शुभेन्दु अधिकारीले दाबी गरे, एक वर्षपूर्व आर.जी. करमा महिला डाक्टरसित भएको अमानवीय घटनाको निम्ति जिम्मेवार दोषीहरूलाई अहिलेसम्म सजाय दिइएको छैन। उनले भने, पीड़ित पक्षले अब मुख्यमन्त्री जो स्वास्थ्य मन्त्री पनि हुन्,-सित नवान्नमा पुगेर जवाफ माग्ने सोच बनाएको छ। यसैबाट डराएर मुख्यमन्त्री प्रशासनिक कार्यक्रमको बहाना बनाएर शहरदेखि टाड़ा भागेकी हुन्।

उनले कटाक्ष गर्दै भने, “हावड़ाको नीलो रंगको बिल्डिंगको 14औं तलामा अवस्थित मुख्यमन्त्रीको कुर्सीलाई कसैले नहल्लाओस् भन्ने उदेश्यले सम्पूर्ण राज्यको पुलिसलाई सड़कहरूमा उतारिंदैछ।”

यसै क्रममा बुधवार साँझ हावड़ाको शिवपुर पुलिस लाइनमा एक महत्वपूर्ण बैठक आयोजना गरियो। जानकारी अनुसार 'नवान्न अभियान'-लाई लिएर आगामी 9 अगस्तमा एउटा कारबाही गर्ने तय गरिएको छ जसको पूर्व तयारीको निम्ति 6 अगस्तको साँझ 5 बजे पुलिस अधिकारीहरूको ब्रिफिंग राखिएको छ।

शुभेन्दु अधिकारीले यसै बैठकलाई लिएर प्रश्न उठाउँदै भने, पुलिस जनताको आवाजलाई दबाउन र सत्ताको कुर्सी बचाउनलाई लागिपरेको छ। जनतालाई न्याय दिलाउनमा उसको कुनै रुचि छैन।

नेता प्रतिपक्षको यो बयानले आगामी 'नवान्न अभियान'-लाई लिएर सत्ता पक्ष र विपक्षमाझ बढ़्दो विवादतिर संकेत गरिरहेको छ। हेर्दै जाऔं, मुख्यमन्त्री ममता ब्यनर्जी वा राज्य सरकारको पक्षबाट कस्तो प्रतिक्रिया आउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande