मुख्यमन्त्रीले गौविविमा लञ्च गरे “मुख्यमन्त्री निजुत मोइना असोनी 2.0”
मुख्यमन्त्रीले गौविविमा लञ्च गरे “मुख्यमन्त्री निजुत मोइना असोनी 2.0”


गुवाहाटी, 06 अगस्त (हि.स.)। असमको हरेक युवतीको लागि हामी सदैव जिम्मेवार छौं। छोरीहरूको शिक्षामा सबैभन्दा बढ़ी महत्व हामीले दिएका छौं। प्रदेशका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले उक्त मन्तव्य बुधवार जालुकबारीस्थित गौहाटी विश्वविद्यालय (गौविवि)- को बिरिंची कुमार बरुवा सभागारमा “मुख्यमन्त्री निजुत मोइना असोनी 2.0”- का आवेदन पत्रहरूको औपचारिक वितरण समारोहमा व्यक्त गरेका हुन्।

उनले भने, बाल विवाहलाई रोक्नमा शिक्षाले महत्वपूर्ण भूमिका निभाउनसक्छ। त्यसैले हामीले आज “मुख्यमन्त्री निजुत मोइना असोनी 02”- को दोस्रो संस्करण जारी गरेका हौं। हामीलाई विश्वास छ, “मुख्यमन्त्री निजुत मोइना असोनी 2.0”-को माध्यमबाट बाल विवाहको लड़ाईँ जितिनेछ। यसपालि असमका 4 लाखभन्दा अधिक छात्राहरूलाई यस योजनामा सामेल गरिनेछ।

यस अवसरमा राज्यका शिक्षा मन्त्री डा. रनोज पेगू, गौहाटी विश्वविद्यालयका कुलपति डा. ननी गोपाल महन्त समेत अन्य गणमान्य मानिसहरू सहित ठूलो संख्यामा विद्यार्थीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande