प्रेमी युगलले आत्महत्या गऱ्यो, जाँचमा जुट्यो पुलिस
प्रेमी युगलले आत्महत्या गऱ्यो, जाँचमा जुट्यो पुलिस


पूर्वी सिंहभूम, 6 अगस्त (हि.स.)। झारखण्डको पूर्वी सिंहभूम (जमशेदपुर) जिल्लामा बुधवार बिहान लिभ-इन रिलेशनशिपमा बस्दै आइरहेका एक प्रेमी युगलले रूखमा झुण्डिएर आत्महत्या गऱ्यो। यो घटना पटमदा थानाको पोकलाबेड़ा गाउँ नजिक बुधवार भएको हो जहाँ दुवैको शवलाई निमको रूखमा चुन्नीको गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। शवहरूबाट दुर्गन्ध आइरहेकोले यिनीहरूको मृत्यु दुई दिन अगाड़ि नै भेको अनुमान लगाइँदैछ।

घटनाको सूचना पाउनसाथ पटमदा थाना प्रभारी करमपाल भगत दलबल सहित घटनास्थलमा पुगे अनि जाँच गरेपछि शवहरूलाई पोस्टमर्टम गर्नको लागि एमजीएम मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। पुलिसले युवकको परिवारसित जाँचबुझ गरिरहेको छ।

मृतकहरूको पहिचान पोकलाबेड़ा गाउँ निवासी देवेन्द्र नाथ सिंहका पुत्र जामिनी सिंह (25) र गाड़ीग्राम निवासी महिलाको रूपमा भएको छ जो पहिलाबाटै विवाहित थिई र आफ्नो तीन वर्षीय बालिकालाई छोड़ेर लगभग तीन महिनापूर्व घरबाट भागेकी थिई। दुवैले नै जमशेदपुरमा दैनिक श्रमिकको रूपमा काम गरेर जीवन यापन गरिरहेका थिए।

स्थानीय मानिसहरूले बताए अनुसार युवक अश्लील कृत्यको एक मामिलामा पहिला नै जेल गइसकेको थियो। जेलबाट एक वर्षपछि रिहा भएर उसको सम्पर्क उक्त महिलासित भएको थियो। दुवैले सँगै बस्ने फसेला लिए, तर युवकको परिवारले महिलालाई अस्वीकार गऱ्यो। भनिन्छ, परिवारको असन्तुष्टि र सामाजिक दबावको कारणले दुवै मानसिक तनाउसित जुझिरहेका थिए जसले गर्दा यो कदम उठाएको हुनसक्छ।

हाल पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande