- पश्चिम बंगालमा नेता प्रतिपक्ष शुभेन्दुको लक्सरमा भएको हमलालाई लिएर भाजपा सांसदको प्रहार
कोलकाता, 06 अगस्त (हि.स.)। पश्चिम बंगालमा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीको लावा-लस्करमा भएको हमलालाई केन्द्र गर्दै भाजपा सांसद जगन्नाथ सरकारले राज्यको कानून व्यवस्थामाथि धारिलो प्रहार गरेका छन्। बुधवार बिहान मीडियासित बातचित गर्दै उनले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको शासनमा लोकतन्त्र अनि संवैधानिक व्यवस्थामाथि सोझो हमला भइरहेको छ।
यो घटना मंगलवार त्यसबेला भएको थियो जतिबेला शुभेन्दु अधिकारीले कुचबिहार जिल्लाका पुलिस अधीक्षकको कार्यालय बाहिर भाजपाको ऱ्यालीको नेतृत्व गरिरहेका थिए। उनको लस्कर खग्राबाड़ी क्षेत्रमा पुग्नसाथ त्यहाँ कालो झण्डा देखाउँदै नाराबाजी सहित प्रदर्शन शुरू गरियो। भाजपा नेता अनुसार अपरान्ह लगभग 12.35 बजी तृणमूल कंग्रेसको झण्डा र कालो झण्डा बोकेको एक समूह खग्राबाड़ी क्रसिंगमा भेला भएर उनको लस्करमाथि हमला गऱ्यो।
भाजपा सांसद जगन्नाथ सरकारले यस घटनाको घोर विरोध गर्दै भने, बंगालमा जे भइरहेको छ त्यो लोकतन्त्र विरूद्ध छ। ममता ब्यानर्जी र उनको पार्टीले संविधानलाई पालन गरेको छैन, यो कुनै नौलो कुरा पनि होइन। यस्तो हुनु हुँदैन। उनले सदैव देशको विरोधमा बयान दिन्छन् र विपक्षी नेताहरूलाई धम्काउँछन् पनि। सांसदले यो पनि आरोप लगाए, राज्य पुलिस अब सत्तासिन दलको अंग भइसकेको छ। पुलिसले आज जनताको लागि होइन, ममताको लागि काम गरिरहेको छ।
भाजपाले यस हमलालाई शुभेन्दु अधिकारीलाई डर देखाउनको लागि तृणमूल कंग्रेसले गरेको पूर्व नियोजित षड़यन्त्र बताएको छ। पार्टीको भनाइ छ, यो घटना राज्यको बिग्रिँदो राजनीतिक परिवेशको स्पष्ट झलक हो। शुभेन्दु अधिकारीले दाबी गरेका छन्, उनको ज्यान लिने ध्येयले हमला गरिएको थियो। गृह मन्त्रालयले पनि घटनाको जानकारी लिइसकेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा