पञ्जाबः मोहालीको अक्सीजन फ्याक्ट्रीमा विस्फोट, दुई जना कर्मचारीको मृत्यु तीन घाइते
पञ्जाबः मोहालीको अक्सीजन फ्याक्ट्रीमा विस्फोट, दुई जना कर्मचारीको मृत्यु तीन घाइते


चण्डीगढ़, 06 अगस्त (हि.स.)। राजधानी चण्डीगढ़ संलग्न पञ्जाबको मोहालीस्थित एक फ्याक्ट्रीमा बुधवार बिहान सिलेण्डर विस्फोट भएर दुई जना कर्मचारीहरूको मृत्यु भयो भने तीन जना घाइते भए। विस्फोट भयानक थियो जसले गर्दा फ्याक्ट्रीको छत नै उड़्यो साथै वरपरका घरहरू सबै हल्लिए। विस्फोट भएको सिलेण्डरका टुक्राहरू लगभग एक किलोमीटर टाड़ा पुगे। साथै मृतकहरूको शरीरको टुक्रा पनि उछिटिएर टाड़ा-टाड़ासम्म पुग्यो।

मोहालीस्थित यो फ्याक्ट्री हाईटेक इण्डस्ट्रीको नाममा चलिरहेको छ। ट्राइसिटीको सबै सरकारी-निजी अस्पतालहरूलाई यहीँबाट अक्सीजन सिलेण्डर आपूर्ति गरिन्छ। यो कम्पनी लगभग 30 वर्षदेखिको यहाँ संचालन भइरहेको छ।

पुलिस, फायर ब्रिगेड तथा एफएसएलका टीमहरूले घटनास्थलमा पुगेर जाँच शुरू गरेका छन्। यो विस्फोट फ्याक्ट्रीको अक्सीजन प्लान्टमा त्यसबेला भयो जतिबेला त्यहाँ सिलेण्डर लोड गरिँदैथ्यो। पाँचजना कर्मचारीहरू यस विस्फोटको चपेटमा परेका छन् जसमध्ये दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। विस्फोटको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन।

डीएसपी हरिसमरन बल दलबल सहित घटनास्थलमा पुगेर सम्पूर्ण घटनास्थललाई घेराबन्दी गरे। मोहालीका एसएसपी हरमनदीप सिंह हंसले पनि घटनास्थलको दौड़ाह गरेका छन्। दुर्घटनापछि प्रशासनले सहै सिलेण्डरहरूलाई घटनास्थलबाट हटाइदिएको छ। एफएसएलको टीमले घटनास्थलबाट नमूना संकलन गरी जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande