गौरीपुर पुलिसको ड्रग्स विरोधी अभियानमा चार जना तस्कर पक्राउ
गौरीपुर पुलिसको ड्रग्स विरोधी अभियानमा चार जना तस्कर पक्राउ


धुबड़ी (असम), 06 अगस्त (हि.स.)। गौरीपुर पुलिसद्वारा संचालित ड्रग्स विरोधी अभियानमा ठूलो सफलता हात परेको छ। यो अभियान आलमगञ्ज क्षेत्रका दुई भिन्न स्थानमा एकसाथ संचालन गरिएको थियो।

धुबड़ी पुलिसले आज बतायो, संदिग्ध हेरोइन सहित चारजना तस्करहरूलाई पक्राउ गरिएको छ जसको पहिचान चिराखोवा गाउँका फरिद अली, रेजिया खातून, मकबूल हुसैन र बगरिबाड़ीका जलीबर शेखको रूपमा गरिएको छ। जाँचमा तस्करहरूबाट 30 वटा कन्टेनरहरूमा भरिएको 32.7 ग्राम हेरोइन र पलिथिनमा राखिएको 11.95 ग्राम ड्रग्स जफत गरियो। यस अतिरिक्त पुलिसले एउटा बाइक र चारवटा मोबाइल फोन पनि जफत गरेको छ।

गौरीपुर पुलिसको यो अभियानलाई नशा विरोधी प्रयासहरूको दिशामा एक महत्वपूर्ण कदम मानिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande