संवेदनशील क्षेत्रहरूमा बस्ने भारतीय नागरिकहरूले पाउनेछन् हतियारको लाइसेन्स
संवेदनशील क्षेत्रहरूमा बस्ने भारतीय नागरिकहरूले पाउनेछन् हतियारको लाइसेन्स


गुवाहाटी, 06 अगस्त (हि.स.)। असम राज्यका सीमावर्ती संवेदनशील क्षेत्रहरूमा बसोबास गर्ने खिलंजिया (स्थानीय) मानिसहरूले लाइसेन्स भएको हतियार राख्ने सम्बन्धमा पूर्वमा गरिेको घोषणालाई लिएर बुधवार मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले केही दिशानिर्देश सार्वजनिक गरेका छन्।

मुख्यमन्त्रीले बुधवार सोशल मीडियामा एउटा पोस्ट शेयर गर्दै भने, असमका मुख्य निवासी वा स्वदेशी भारतीय नागरिकहरू विशेष गरी जसलाई आफ्नो प्राणको जोखिम छ,- को निम्ति हतियार लाइसेन्सको लागि आवेदन गर्न एक विशेष पोर्टल लञ्च हुनेवाला छ जसान्तर्गत उचित निरीक्षण र बहुस्तरीय प्रक्रिया पूरा भएपछि पात्र व्यक्तिहरूलाई शस्त्र लाइसेन्स दिइनेछ। उनले भने, समर्पित पोर्टलको माध्यमबाट स्वदेशी मानिसहरू जसले आफ्नो जीवनको लागि खतरा महसूस गर्दछन् तथा संवेदनशील क्षेत्रहरूमा बस्छन्,-ले आर्म्स लाइसेन्सको लागि आवेदन गर्न सक्नेछन्। उचित जाँच र एक बहुस्तरीय प्रक्रियापछि उनीहरूलाई यो लाइसेन्स दिइनेछ।

मुख्यमन्त्रीले लाइसेन्सको लागि केही आवश्यक दिशानिर्देशहरूको उल्लेख गरेका छन् जसान्तर्गत खिलंजिया (स्थानीय) मानिसहरूको सुरक्षालाई मध्यनजर गर्दै विशेष अस्त्र अनुज्ञा पत्र प्रदान योजना राज्य सरकारले शुरू गरेको छ। यस योजनाको निम्ति योग्य मानिसहरूमा असमका मूल निवासी वा भारतीय नागरिक सामेल रहेका छन्।

हतियारको लाइसेन्स पाउनको लागि केही प्रक्रियाहरूको पालन गर्नुपर्छ जसमा सुरक्षाको मूल्यांकन, जाँच औ सत्यताको निरीक्षण, वर्तमान कानूनसित सामञ्जस्य कायम राख्नु, अहस्तान्तरण योग्य एवं समयको साथमा विचार गर्नु तथा जाँच एवं रिपोर्ट सामेल छन्।

-

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande