सिलगढ़ी, 06 अगस्त (हि.स.)। सिलगढ़ी नगरनिगमको वार्ड नम्बर- 33 स्थित सुकान्त पल्ली क्षेत्रमा चोरीको मामिलामा थप अर्को आरोपीलाई पक्राउ गरिएको छ। पक्रा पर्ने आरोपीको नाम एमडी सुलेमान हो। पुलिसले आरोपीबाट लगभग 35 ग्रामको चोरेको सुनको चेन जफत गरेको छ।
उल्लेखनीय छ, पछिल्लो 25 जूनमा सुकान्तपल्ली क्षेत्रस्थित एउटा घरमा चोरी भएको थियो जसको लिखित सिकायत घर मालिक सुनिल कुमार सिंहले एनजेपी थानामा गरेका थिए। सुनिल कुमार सिंह अनुसार घरबाट चोरले लगभग 40 हजार रुपियाँको सुनको गहना र नगद लिएर गएको छ। सिकायत दर्ता भएको तुरून्तै एनजेपी थानाको पुलिस जाँचमा जुट्यो। जाँचको क्रममा पुलिसले पंकज बसाक नामक युवकलाई चोरीको आरोपमा पक्राउ गऱ्यो।
युवकलाई जलपाईगुड़ी अदालतमा पेश गरेपछि रिमाण्डमा लिएर जाँचबुझ गर्दा युवकले बतायो, चोरेका सबै सामग्रीहरू खालपाड़ा निवासी एमडी सुलेमानलाई बेचेको छ। यसै बयानको आधारमा पुलिसले मंगलवार राती एमडी सुलेमानको घरमा छापा मारेर उसलाई घरबाटै पक्राउ गऱ्यो। यस अवधि सुलेमानको कब्जाबाट लगभग 35 ग्राम चोरेको सुन जफत गरियो। तथापि पुलिसले नगद राशि जफत गरेको छैन। एनजेपी थानाको पुलिसले अग्रिम कारबाही शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा