राष्ट्रिय राजमार्ग बन्द विस्तार, अब 8 अगस्तसम्म बन्द रहने
राष्ट्रिय राजमार्ग बन्द विस्तार, अब 8 अगस्तसम्म बन्द रहने


गान्तोक, 06 अगस्त (हि.स.)। गत 3 अगस्त, 2025 देखि बन्द रहेको राष्ट्रिय राजमार्ग 10 अब आगामी 8 अगस्त, 2025 सम्म बन्द रहनेछ। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) ले आज जारी गरेको एक कार्यालय आदेशमा उक्त जानकारी दिएको छ।

एनएचआईडीसीएलले राष्ट्रिय राजमार्ग अन्तर्गत कोरोनेशन ब्रिजदेखि चित्रेसम्म यात्रा गर्ने वाहनहरूको सुरक्षालाई ध्यानमा राख्दै प्रतिबन्ध 8 अगस्त, 2025 बिहान 9 बजीसम्म विस्तार गरिएको बताएको छ। यस अघि, एनएचआईडीसीएलले राष्ट्रिय राजमार्ग 6 अगस्त, 2025 सॉंझसम्म बन्द रहने जनाएको थियो। अब यस समयावधिलाई विस्तार गरेर 8 अगस्त गरिएको छ।

उल्लेखनीय छ, अविरल वर्षाले राष्ट्रिय राजमार्ग 10 अन्तर्गत विभिन्न ठाउॅंहरूमा पैह्रो झरेकाले वाहनहरूको आवागमन प्रभावित बन्नुका साथै यात्रा जोखिमपूर्ण बनिरहेको थियो। अर्कोतिर, टिस्टा नदीको जलस्तर बढेकाले धेरै ठाउॅं राष्ट्रिय राजमार्ग धस्किएको थियो। एनएचआईडीसीएलले राष्ट्रिय राजमार्गको मर्मतसम्भारको लागि वाहनहरूको चलाचलमा प्रतिबन्ध लगाएको हो।

गान्तोक जिल्लाका जिल्लापालले आज सामाजिक सञ्जाल पोस्टमा यात्रीहरूलाई आफ्ना मार्गहरूको सोही अनुसार योजना बनाउन सल्लाह दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande